Monday, November 27, 2017

ताराखोलाकी खिमा रोकाले आफ्नै गाउठाउको आलु मिठो भनेर गायको गीत निकै चर्चामा ( भिडियो सहित )

मङ्सिर लागे संगै बिबाह अनि पन्चे बाजाका धुन संगै गित हरु बजारमा आउने क्रम बढिरहेको छ।एस्को एउटा उदाहरण हो “मर्ने चोलाको” बागलुङको ताराखोलामा आलु प्रचलित ठाँउलसि समेटेर तयार गरिएको गितमा वसन्त थापाको लय शब्द रहेको छ।वसन्त थापा अनि खिमा रोकाको आवाज रहेको गितलाइ प्रकाश भट्टले निर्देशन करन चैसिरले छायांकन बिश्नु शर्माले सम्पादन गरेका छन भने नृत्य प्रकाश भट्ट दुर्गेश थापा करिश्मा ढकाल र टिनाको देख्न सकिन्छ।बागलुङको ताराखोला 2 मा जन्मिएकी गाइका खिमा रोकाको प्रस्तुति रहेको गितलाइ अभ्यास डिजिटलले बजारमा ल्याएको छ भने वसन्त थापाको युट्युब बाट सार्बजनिक गरिएको छ।गितलाइ बाग्लुङको अर्गल अनि हरिचौरमा छायांकन गरिएको हो
मङ्सिर लागे संगै बिबाह अनि पन्चे बाजाका धुन संगै गित हरु बजारमा आउने क्रम बढिरहेको छ।एस्को एउटा उदाहरण हो “मर्ने चोलाको” बागलुङको ताराखोलामा आलु प्रचलित ठाँउलसि समेटेर तयार गरिएको गितमा वसन्त थापाको लय शब्द रहेको छ।वसन्त थापा अनि खिमा रोकाको आवाज रहेको गितलाइ प्रकाश भट्टले निर्देशन करन चैसिरले छायांकन बिश्नु शर्माले सम्पादन गरेका छन भने नृत्य प्रकाश भट्ट दुर्गेश थापा करिश्मा ढकाल र टिनाको देख्न सकिन्छ।बागलुङको ताराखोला 2 मा जन्मिएकी गाइका खिमा रोकाको प्रस्तुति रहेको गितलाइ अभ्यास डिजिटलले बजारमा ल्याएको छ भने वसन्त थापाको युट्युब बाट सार्बजनिक गरिएको छ।गितलाइ बाग्लुङको अर्गल अनि हरिचौरमा छायांकन गरिएको हो


हेर्नुहोस भिडियो


Saturday, November 25, 2017

पहिलो चरणको निर्वाचनको मतदान जारी

मंसिर १०, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भइरहेको छ । 
मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान भइरहेको छ । प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र छन् । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् । ती जिल्लामा दुवै सभाको समानुपातिक सिटका लागिसमेत मतदान भइरहेको छ ।
संविधानअनुसार प्रतिनिधिसभाको क्षेत्र संख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्याअनुसार निर्वाचन क्षेत्र सीमा निर्धारण गरेको थियो । २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन भएको मौका छोपेर ०५९ असोज १८ गते शासकीय अधिकार आफ्नो हातमा लिएका थिए । यही अवधिमा दोस्रो जनआन्दोलन भयो, आन्दोलनमा रहेका ७ दल र सशस्त्र द्वन्द्व गरिरहेका माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा ०६३ वैशाख ११ गते ०५९ सालमा विघटित प्रतिनिधिसभा पुन:स्थापना गरी शासकीय अधिकार जनतामा फिर्ता भयो । १० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । संवैधानिक राजतन्त्रबाट मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो । ०६४ र ०७० सालमा दुइटा संविधानसभा निर्वाचन भए । संविधानसभालाई नै व्यवस्थापिका संसदको काम गर्ने अधिकारसमेत थियो । मधेस आन्दोलनको जगमा मुलुकले संघीय शासन व्यवस्था स्वीकार गर्‍यो ।
०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तह छन् । ०५९ असारयता जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा पनि यही वर्ष निर्वाचन सम्पन्न भइसकेको छ । पुन:संरचनापछिको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेका छन् । 
यति बेला संघ (केन्द्र) सरकारका लागि प्रतिनिधिसभा र प्रदेश सरकारका लागि प्रदेशसभाको निर्वाचन भएको हो । दुवै सभाको निर्वाचन एकैसाथ हुँदैछ । प्रतिनिधिसभा तथा स्थानीय संरचना यसअघि पनि रहेको र निर्वाचनसमेत भएका थिए । तर प्रदेशको संरचना र त्यसको निर्वाचन नेपालका लागि बिल्कुल नौलो हो । संविधानले देशभर ७ वटा प्रदेश बनाएको छ । 
संविधानले आगामी माघ ७ भित्र संघीय संसद् निर्माणको परिकल्पना गरेको छ । 

परिचयपत्र नभए विकल्प

आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक व्यवस्था मिलाएको छ । प्रमुख आयुक्त यादवले त्यस्ता मतदाताको हकमा मताधिकार सुनिश्चित गरिएको बताए । आयोगले ०७० सालको संविधानसभामा प्रयोग भएको पुरानो मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक परिचयपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट जारी भएका फोटोसहितको परिचयपत्रलाई मान्यता दिने जनाएको छ । 
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन् । उनले मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानुनबमोजिम सजायको भागी हुनुपर्नेसमेत बताए । 

तीनवटा मतपत्र, ४ छाप

यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुइटै सभाको मतपत्र रहेको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसीले चिह्न छापिएका मतपत्र र प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको मतपत्र हुनेछ । समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभातर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभातर्फ भाग लिएका दलहरूको निर्वाचन चिह्न रहने छ । 
तीनवटा मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाउने छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने छन् ।


http://bit.ly/2A6x6I7

४ नम्बर प्रदेशका कुन–कुन जिल्लामा चुनाव हुँदैछ ?

काठमाडौं, मंसिर १० – प्रदेश नम्बर चारका छ वटा जिल्लामा आइतबार चुनाव हुँदैछ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् ।
मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा पहिलो चरणमा चुनाव हुने भएको हो । बाग्लुङ र गोरखामा दुई दुई तथा अरु जिल्लामा एक एक गरि ८ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नम्बर चारमा जम्मा १५ लाख ६८ हजार ९ सय २४ जना मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना मतदाता छन् ।
दोश्रो चरणमा आउँदो २१ गते १० लाख ५ हजार ९ सय जना मतदाता सहभागी हुन पाउने छन् । प्रदेश नम्बर चारका १ हजार २ सय ४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यी मध्ये ५ सय ७६ मतदान स्थलका ८ सय १७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।



प्रदेश नम्बर चारमा पहिलो चरणमा चुनाव हुने आठ वटा निर्वाचन क्षेत्रमा ५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको चुनावमा सबैभन्दा कम मनाङ र मुस्ताङमा दुई दुई जना मात्रै उम्मेद्वार छन् ।
सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ८ सय ८१ जना छन् । यहाँ २८ वटा मतदान केन्द्र रहेका छन् । ३७ वटा मतदान केन्द्र रहेको मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् । म्याग्दीमा ७५ हजार ५ सय ३७ मतदाता, ७ जना उम्मेदवार र ७२ मतदानस्थलमा १ सय ६ वटा मतदान केन्द्र रहेका छन् ।

११ जना उम्मेदवार रहेको वाग्लुङमा १ लाख ६७ हजार २ सय ८२ मतदाता र १ सय ३ मतदानस्थलमा १ सय ९९ मतदान केन्द्र रहेका छन् । लमजुङ १ लाख १५ हजार ४ सय १९ जना मतदाता ११ जना उम्मेदवार र १ सय २३ मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र रहेका छन् ।
गोरखामा १ लाख ८९ हजार ४ सय ४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् । गोरखामा २ सय १३ मतदानस्थलमा २ सय ८२ मतदानस्थल रहेका छन् ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान सुरु

काठमाडौं, मंसिर १० – पहिलो चरण अन्तर्गत आज आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ । 
मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पुर्‍याइसकिएको र बिहान सातबजेदेखि मतदान सुरु भएको आयोगले जनाएको छ ।
आयोगले हरेक मतदान केन्द्रमा ९ देखि १२ जना कर्मचारी खटाएको छ । २ सय ५० जना मतदाता भएको केन्द्रमा ९ जना, ५ सय सम्म मतदाता भएको केन्द्रमा १० जना र ५ सय भन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको छ ।
पहिलो चरणमा चुनाव हुने क्षेत्रमा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा २ सय ८२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर १ मा ६२ जना, ३ मा ९७ जना, ४ मा ५० जना, ५ मा १४ जना, ६ मा ३९ जना र प्रदेश नम्बर ७ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेशसभाका लागि ७२ निर्वाचन क्षेत्रमा ४ सय २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको आयोगले जनाएको छ । २ हजार ९ सय १९ मतदानस्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् । 
कुन प्रदेशमा कति मतदाता ?

प्रदेश नम्बर– १

पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ । पहिलो चरण अन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर र संखुवासभामा चुनाव हुँदैछ ।
यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभाका लागि दुई/दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । दोश्रो चरणमा आउँदो २१ गते सात जिल्लाका २१ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।
प्रदेश नम्बर एकमा २९ लाख ९३ हजार ७ सय ७४ जना मतदाता छन् । यसमध्य पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ७ लाख १९ हजार १ सय ७६ जना मतदाता रहेका छन् । दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा २२ लाख ७४ हजार ५ सय ९८ जना मतदाता छन् । प्रदेश नम्बर एकका १ हजार ८ सय ६१ वटा मतदान स्थलमा ३ हजार ७ सय ४३ वटा मतदान केन्द्र रहेका छन् । यी मध्ये ६ सय ९६ मतदानस्थलका १ हजार २५ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर–३

प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरण चुनाव हुँदैछ ।
प्रतिनिधिसभाका लागि नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा दुईरदुई वटा निर्वाचन क्षेत्र रहेका छन् । रसुवा, दोलखा र रामेछापमा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् ।
यो प्रदेशमा जम्मा ३० लाख ७४ हजार ३ सय ८४ मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा १० लाख १ हजार ४० मतदाता छन् । २० लाख ७३ हजार ३ सय ८४ जना मतदाता दोश्रो चरणमा चुनाव हुने क्षेत्रका हुन् । प्रदेश तीनमा १ हजार ७ सय ८० वटा मतदान स्थलमा ३ हजार ७ सय ८५ वटा मतदान केन्द्र छन् । यीमध्ये ६ सय मतदान स्थलका १ हजार २ सय ४६ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर–४

प्रदेश नम्बर चारका ६ वटा जिल्लामा चुनाव भैरहेको छ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा चुनाव हुँदैछ । बागलुङ र गोरखामा दुई/दुई तथा अन्य जिल्लामा एकरएक गरी ८ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भैरहेको छ ।
यो प्रदेशमा जम्मा १५ लाख ६८ हजार ९ सय २४ जना मतदाता छन् । यीमध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना र दोश्रो चरणमा चुनाव हुने क्षत्रमा १० लाख ५ हजार ९ सय जना मतदाता रहेका छन् ।
प्रदेश नम्बर चारका १ हजार २ सय ४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ५ सय ७६ मतदान स्थलका ८ सय १७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर–५

प्रदेश नम्बर पाँचका रुकुम पूर्वी भाग र रोल्पामा पहिलो चरणमा चुनाव हुँदैछ । यी जिल्लामा दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा सबैभन्दा कम क्षेत्र पनि प्रदेश नम्बर पाँचमै छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् ।
यो प्रदेशमा २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा १ लाख ५५ हजार ५ सय ५७ जना मतदाता छन् । यो प्रदेशमा १ हजार ६ सय १२ वटा मतदान स्थलमा ३ हजार ३ सय ६८ वटा मतदान केन्द्र छन् । यसमध्य पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलमा २ सय २ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–६

प्रदेश नम्बर ६ का सातवटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । यो प्रदेशमा १० वटा जिल्लामा १२ वटा मात्रै निर्वाचन छन् । यीमध्ये रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव भैरहेङ्को हो ।
यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् । सल्यान, सुर्खेत र दैलेखमा भने दोश्रो चरणमा चुनाव हुनेछ । बाँकी जिल्लामा ५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ६ मा जम्मा मतदाता ८ लाख ४६ हजार ९ सय ४१ जना छन् । यीमध्ये ३ लाख ६८ हजार २ सय ७ जना पहिलो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । ५ सय ११ वटा मतदान स्थलमा ६ सय ४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर ५ का ८ सय ९६ वटा मतदान स्थलमा १ हजार २ सय ४३ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–७

प्रदेश नम्बर ७ का चार वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा चुनाव भैरहेको  हो । यी जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र छन् ।
बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणमा ३ लाख ८४ हजार ९ सय ४१ जना मतदाताले भोट हाल्न पाउने छन् । प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६ सय ७३ जना मतदाता रहेका छन् । प्रदेश नम्बर ७ का १ हजार १ सय ९ वटा मतदान स्थलमा १ हजार ९ सय वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ४ सय २५ मतदान स्थलका ५ सय ७१ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुनेछ ।

पोल्याण्ड बाट नेत्र कंडेलले बहुचर्चित गायिका देखी तिम्रो कारण "आशु झर्यो" भनि गुनासो गरेपछि ( हेर्नुहोस भिडीयो)


रोजगारीमा पछिल्लो समय बिदेशिने र धन कमाउने अनि खुसियालीका साथ आफ्नै देशमा रमाउने सपना बोकि  प्रदेशियका बाग्लुङ्गका नेत्र कंडेलले आफ्नै भाई संगीत शर्माको मातहतलाई आधार बनाई बहुचर्चित गायिका देवी धर्ति मगरको कारण "आशु झर्यो" भन्ने नामक एल्बम बजारमा ल्याएका छन ..!!
प्रदेश जस्तो भुमिमा पनि लोक गीत संगीत र कला संस्कृति साहित्यलीई माया गर्ने नेत्र कंडेल पोल्याणड बाटै गायनमा लागेको बताउछन  बाग्लुड्ंगमा जन्मेको नेत्र ले अहिले पछिल्लो समय जापान देखी गीत संगीतलाई निकै माया गर्दै चर्चा कमाउन सफल संगीत शर्माको शब्द  सृजना मा आफ्नो र देवी घर्तीको सुमधुर स्वरमा महालक्ष्मी म्यजुक प्रा.लि. बाट बजारमा निकै मन छुने र मार्मिक लोक दोहोरी गीत पस्केका छन..!!
जस्मा अभिनय अहिले निकै चर्चामा रहेका मोडेल रन्जिता गुरुड्. र स्देश लामाको रहेको छ 
गीतको सबै पक्ष निकै मिठो र मार्मिक छ सबै टिमलाई  हाम्रो तर्फ बाट हार्दिक सफलताको शुभकामना...!!
गीत हेर्न तलको लिकं खोल्नुहोला है ..!!








Tuesday, November 21, 2017

New nepali Panche baja 2074|2017 Aanshu ko Mulya By Prem Sapkota "Sonu" & Purna kala B.C.





हार्दिक बधाई तथा सफलताको लाखौ लाख शुभकामना दियर