काठमाडौं, मंसिर १० – प्रदेश नम्बर चारका छ वटा जिल्लामा आइतबार चुनाव हुँदैछ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् ।
मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा पहिलो चरणमा चुनाव हुने भएको हो । बाग्लुङ र गोरखामा दुई दुई तथा अरु जिल्लामा एक एक गरि ८ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
प्रदेश नम्बर चारमा जम्मा १५ लाख ६८ हजार ९ सय २४ जना मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना मतदाता छन् ।
दोश्रो चरणमा आउँदो २१ गते १० लाख ५ हजार ९ सय जना मतदाता सहभागी हुन पाउने छन् । प्रदेश नम्बर चारका १ हजार २ सय ४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यी मध्ये ५ सय ७६ मतदान स्थलका ८ सय १७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।
प्रदेश नम्बर चारमा पहिलो चरणमा चुनाव हुने आठ वटा निर्वाचन क्षेत्रमा ५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको चुनावमा सबैभन्दा कम मनाङ र मुस्ताङमा दुई दुई जना मात्रै उम्मेद्वार छन् ।
सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ८ सय ८१ जना छन् । यहाँ २८ वटा मतदान केन्द्र रहेका छन् । ३७ वटा मतदान केन्द्र रहेको मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् । म्याग्दीमा ७५ हजार ५ सय ३७ मतदाता, ७ जना उम्मेदवार र ७२ मतदानस्थलमा १ सय ६ वटा मतदान केन्द्र रहेका छन् ।
११ जना उम्मेदवार रहेको वाग्लुङमा १ लाख ६७ हजार २ सय ८२ मतदाता र १ सय ३ मतदानस्थलमा १ सय ९९ मतदान केन्द्र रहेका छन् । लमजुङ १ लाख १५ हजार ४ सय १९ जना मतदाता ११ जना उम्मेदवार र १ सय २३ मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र रहेका छन् ।
गोरखामा १ लाख ८९ हजार ४ सय ४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् । गोरखामा २ सय १३ मतदानस्थलमा २ सय ८२ मतदानस्थल रहेका छन् ।
No comments:
Post a Comment