गीत सर्बहारा मन्त्र हो ,संगीत एउटा घर हो, हामी संगीतकर्मी त्यो घरको सदस्य हौ सबै क्षेत्रका संगीतकर्मी मिलेर कला सस्कृति अनि मौलिकतालाई सधै सम्मान गर्दै जिबन्त राख्ने तिर अत्यन्त पहल गरौ। ..!!! गाउघर अनि समाजमा लोकगीत संगीतको पहिचान को महत्वो बुझ्न एकदम आवस्यक छ लोकगीत संगीत सबै नेपाली मन मुटुको पहिचान हो सँगीतप्रेमी रामु जि.सी. कमल ताराखोला गाउपालिका-१,अमरभुमी,अर्सल,पैंयूबोट,बाग्लुङ्ग विनयी त्रिबेणी गाउपालिका-२,दुम्कीबास,ज्यामिरे,नवलपरासी
Friday, January 5, 2018
अहिलेका चर्चित सर्जक भारतीय सैनिकमा कार्यरत नरेश बोहराको क्षोतो जिबनी दीपक क्षेत्रिको आवाजमा (भिडिओ सहित)
रामु जि.सी.कमल,बाग्लुङ्ग बाग्लुङ जिल्ला घर भै रोजगारि को सिलसिला मा इन्डेन आर्मी भारत मा कार्यरत नरेस बोहोरा को जिबन मा आधारित उहा को साथी दिपक छेत्री को सानो लेख उहा कै आवाज बाट अहिले बजार तताइ रहेको अब्स्था छ हुन पनि हो लाउरे को जिबन एस्तै हुन्छ कहिले को सङ कहिले को सङ आफ्नो आफ्नो परिस्थिती पनि हुन्छ ,र भाबना मा डुब्ने गर्छन साथी हरु ,र एस्तै एस्तै भाब हरु ले धेरै को आसु पनि बगाउने गर्छ आखिर के भनेका छन त दीपक छेत्री ले आफ्नो साथी को बारे मा तल को लिन्क मार्फत हेर्नु होला धन्यवाद ,
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको प्रथम अधिवेशन जनवरी २८ मा हुँदै,भब्य सांगीतिक कार्यक्रमको पनि तयारी
रामु जि.सी.कमल ,बाग्लुङ्ग नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रका कलाकर्मी हरूको साझा संगठन रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपाल अन्तरगत स्थापित जापान शाखाको प्रथम अधिबेशन आगमी जनवरी २८ तारिक जापानको टोकियोमा आयोजना गरिएको छ,
जापानमा रहेर नेपाली लोक दोहोरी संगीत क्षेत्रका बिभिन्न बिधामा कृयासिल कलाकर्मी हरूलाई एउटै छाता मुनी समेटी नेपाली लोक संगीतको प्रचार प्रसार, संरक्षण र प्रबन्धनको लागी काम गर्दै नेपाली कला र कलाकारको हकहित र संरक्षणमा लाग्ने उद्देश्यका साथ जापानमा रहेका सक्रिय कलाकारहरु को भेलाले गत सेक्टेम्बर १० तारीक कामता स्थित खुशीबजार मा चर्चित लोक तथा दोहोरी गायक युवराज आचार्यको संयोजकत्वमा तदर्थ समिती गठन गरेको थियो।साथै उक्त भेलाले चर्चित गायक एवं संगितकार रामकृष्णबम मल्ल को संयोजकत्व मा निर्वाचन समिती, साहित्यकार पिताम्बर चापागाई (पदमपानी) को संयोजकत्व मा बिधान मस्यौदा समीती, कोषाध्यक्ष ऋषीराम कंडेलको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समीती सहित अन्य बिभिन्न उपसमीतीहरु गठन गरी कार्यबिभाजन पनी गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल का बरिष्ठ उपाध्यक्ष एवं बिदेश बिभाग प्रमुख चर्चित सर्जक रमेश बि जी को उपस्थितीमा बृहत सांगितिक प्रस्तुती हरु संगै हुन लागेको अधिवेशन को लागी केन्द्रसंगको समन्तवय एवं अन्य तयारी पुरा गरिसकिएको पनी संस्थाका सचिव गितकार नारायण कंडेल ले जानकारी गराउनु भयो।
लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशन तपशिल बमोजिम हुनलागेको ले सम्पुर्ण जापानमा रहनुहुने लोक संगितकर्मी तथा लोकगीत संगितप्रेमीहरु सबैलाई उपस्थीतीको लागी पनी प्रतिष्ठान को तर्फबाट हार्दिक अनुरोध गरेको छ।
तपशिल
स्थान-113-0031 bunkyo-ku, Nezu 2-20-7
मिती-2018-01-28
समय-4:00pm~9:00pm
साभार अनलाइन खबर बाट
Subscribe to:
Posts (Atom)