गाँऊघर अनि वनपाखाका भन्ज्याङ्गमा सुसेली
गीत सर्बहारा मन्त्र हो ,संगीत एउटा घर हो, हामी संगीतकर्मी त्यो घरको सदस्य हौ सबै क्षेत्रका संगीतकर्मी मिलेर कला सस्कृति अनि मौलिकतालाई सधै सम्मान गर्दै जिबन्त राख्ने तिर अत्यन्त पहल गरौ। ..!!! गाउघर अनि समाजमा लोकगीत संगीतको पहिचान को महत्वो बुझ्न एकदम आवस्यक छ लोकगीत संगीत सबै नेपाली मन मुटुको पहिचान हो सँगीतप्रेमी रामु जि.सी. कमल ताराखोला गाउपालिका-१,अमरभुमी,अर्सल,पैंयूबोट,बाग्लुङ्ग विनयी त्रिबेणी गाउपालिका-२,दुम्कीबास,ज्यामिरे,नवलपरासी
Friday, January 5, 2018
अहिलेका चर्चित सर्जक भारतीय सैनिकमा कार्यरत नरेश बोहराको क्षोतो जिबनी दीपक क्षेत्रिको आवाजमा (भिडिओ सहित)
रामु जि.सी.कमल,बाग्लुङ्ग बाग्लुङ जिल्ला घर भै रोजगारि को सिलसिला मा इन्डेन आर्मी भारत मा कार्यरत नरेस बोहोरा को जिबन मा आधारित उहा को साथी दिपक छेत्री को सानो लेख उहा कै आवाज बाट अहिले बजार तताइ रहेको अब्स्था छ हुन पनि हो लाउरे को जिबन एस्तै हुन्छ कहिले को सङ कहिले को सङ आफ्नो आफ्नो परिस्थिती पनि हुन्छ ,र भाबना मा डुब्ने गर्छन साथी हरु ,र एस्तै एस्तै भाब हरु ले धेरै को आसु पनि बगाउने गर्छ आखिर के भनेका छन त दीपक छेत्री ले आफ्नो साथी को बारे मा तल को लिन्क मार्फत हेर्नु होला धन्यवाद ,
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको प्रथम अधिवेशन जनवरी २८ मा हुँदै,भब्य सांगीतिक कार्यक्रमको पनि तयारी
रामु जि.सी.कमल ,बाग्लुङ्ग नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रका कलाकर्मी हरूको साझा संगठन रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपाल अन्तरगत स्थापित जापान शाखाको प्रथम अधिबेशन आगमी जनवरी २८ तारिक जापानको टोकियोमा आयोजना गरिएको छ,
जापानमा रहेर नेपाली लोक दोहोरी संगीत क्षेत्रका बिभिन्न बिधामा कृयासिल कलाकर्मी हरूलाई एउटै छाता मुनी समेटी नेपाली लोक संगीतको प्रचार प्रसार, संरक्षण र प्रबन्धनको लागी काम गर्दै नेपाली कला र कलाकारको हकहित र संरक्षणमा लाग्ने उद्देश्यका साथ जापानमा रहेका सक्रिय कलाकारहरु को भेलाले गत सेक्टेम्बर १० तारीक कामता स्थित खुशीबजार मा चर्चित लोक तथा दोहोरी गायक युवराज आचार्यको संयोजकत्वमा तदर्थ समिती गठन गरेको थियो।साथै उक्त भेलाले चर्चित गायक एवं संगितकार रामकृष्णबम मल्ल को संयोजकत्व मा निर्वाचन समिती, साहित्यकार पिताम्बर चापागाई (पदमपानी) को संयोजकत्व मा बिधान मस्यौदा समीती, कोषाध्यक्ष ऋषीराम कंडेलको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समीती सहित अन्य बिभिन्न उपसमीतीहरु गठन गरी कार्यबिभाजन पनी गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल का बरिष्ठ उपाध्यक्ष एवं बिदेश बिभाग प्रमुख चर्चित सर्जक रमेश बि जी को उपस्थितीमा बृहत सांगितिक प्रस्तुती हरु संगै हुन लागेको अधिवेशन को लागी केन्द्रसंगको समन्तवय एवं अन्य तयारी पुरा गरिसकिएको पनी संस्थाका सचिव गितकार नारायण कंडेल ले जानकारी गराउनु भयो।
लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशन तपशिल बमोजिम हुनलागेको ले सम्पुर्ण जापानमा रहनुहुने लोक संगितकर्मी तथा लोकगीत संगितप्रेमीहरु सबैलाई उपस्थीतीको लागी पनी प्रतिष्ठान को तर्फबाट हार्दिक अनुरोध गरेको छ।
तपशिल
स्थान-113-0031 bunkyo-ku, Nezu 2-20-7
मिती-2018-01-28
समय-4:00pm~9:00pm
साभार अनलाइन खबर बाट
Wednesday, December 20, 2017
कृष्ण कंडेल& रामु जि.सी.कमल, काठेखोला र आस पासका ठाँउलाई बयान गरि तयार पारीएको सालैजो हमाल म्युजिक बाट सार्वजनिक भएको छ ।
गाँउ घर छोडी जहाँ गए पनि गाँउघरको माया र सम्झना सबैलाई आउने गर्दछ त्यहि सम्झनालाई गीतमा प्रस्तुत गरिएको छ । यस्ता गीतले मनोरञ्जन मात्र होइन गाउको पर्यटकीय स्थलहरुको प्रचार समेत गर्ने गर्दछ ।
पछिल्लो समयकी निकै चर्चित गायीका जुना श्री मगर र केपी कुमार जलनको सुमधुर आवाज रहेको सो गीतमा शव्द केपी कुमार जलन र लय इश्वर सिँहले गरेका छन । पछिल्लो समय एक पछि अर्को नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको हमाल म्युजिकले गीत संगीमा आफ्ना पृथक छाप छोड्न सफल भएको छ । सञ्चालक सज्जन हमालका अनुसार हमाल म्युजिक सँधै प्रतिभावान कलाकारहरुको प्रवद्धको लागी क्रियाशिल रहेको बताउनु भयो । सम्झना गाउ घरको गीतको सम्पुर्ण निमार्ण समेत हमाल म्युजिकलेनै गरेको छ ।
हमाल म्युजिकले बजार व्यस्थापन गरेको सो गीतमा प्रतिमा थापा र सञ्जीव ठकुरीले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन ।
के.पी.जलन राष्ट्रिय सुरक्षा कर्मी पनि हुनुहुन्छ एउटा सरकारी कर्मचारी भयर पनि निकै लोकगीत संगीत बाट चर्चा बुतुल्न सफल के.पी. जी लै हार्दिक बधाई तथा सफलताको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ।
भिडियो तलको लिंकमा हेर्नुहोला :-
Tuesday, December 19, 2017
चिरपरिचित बहुचर्चित संगीतकार श्रीकृष्ण बममल्लले करिश्मा लै आउदो माघमा "ढोलकीको तालैमा बिदा गर्ने पक्कापक्की (भिडियोमा यस्तो छ तयारी)
रामु जि.सी.कमल, चर्चित गीतकार तथा संगितकार एबम् गायक श्रिकृष्ण बम मल्ल आम दर्शक श्रोताको मन मा बस्न सफल सर्जक हुन् बिशेष गरेर नेपाली सुगम संगीत होस या लोक तथा दोहोरी गीत होस् उनि हरेक क्षेत्रमा उनी राज गर्न सफल छन् ।
पछिल्लो समयमा उनले पन्चेबाजा गीत बजारमा ल्याएका छन्। उनले ढाेलकी तालमै बाेलकाे गित बजारमा ल्याएका छन । अहिले यो गीत निकै चर्चित रहेको छ
अन्तिममा लगन छाेपेर मल्लले अाफ्नै छाेरी करिष्मा लाइ ढाेलकी तालैमा भित्राएका हुन ।
लामाे समयदेखि संगित क्षेत्रमा लागेर चर्चा कमाएका बम मल्लले लगन सकिनै लाग्दा पन्चेबाजा गित ढाेलकी तालैमा बजारमा ल्याएका हुन ।
“ढाेलकी तालैमा” मल्लकाे अावाज रहेकाे पहिलाे पन्चेबाजा काे गित हाे भने आधुनिक तथा दोहोरीमा भने स्वर दिइसकेका छन् ।
“ढाेलकी तालैमा” मा गायक बम मल्ल का साथै गरिमा बिरहीकाे अावाज रहेकाे छ ।
प्रकाश भट्टले निर्देशन गरेकाे “ढाेलकी तालैमा” काे छायांकन करण चैसिरले गरेका हुन ।
विष्णु शर्माले सम्पादन गरेकाे गितमा करिष्मा ढकाल , अाेवी रायमाझि , टिना श्रेष्ठ र मनाेज कार्कीले कम्मर मर्काएका छन ।
उक्त गितमा संगितकार तथा गायक मल्लकाे लय तथा शव्द रहेकाे छ ।
“ढाेलकी तालैमा” मा करिष्मालाइ मल्लले छाेरीकाे भुमिकामा राखेका छन ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस
Sunday, December 17, 2017
पछिल्लो समय मौलिक भाका कौरा(कौडा) गीत बाटै चर्चामा बहुचर्चित गायक तथा संगीतकार खेमजी राना कौरा गीतका राजा ( छोटो जीवनी )
गीत गाउने सानै देखी रहर भएकोले एक दिन कलाकार बन्ने धोको थियो । नभन्दै समयले एक दिन कलाकार बनाएरै छोड्यो । यो भनाई हो धादिँग जिल्लाको खरी बाजघर भन्ने ठाउमा जन्मिएका लोक गायक खेमजी राना ।
गीत सँगीतले कस्लाई छुदैन र कस्ले चाहादैन र ठुलो कलाकार बन्नलाई ! सबैका सपना र चाहाना पुर्ण हुदैनन् तर कसैका सपना एक बिपनामा परिणत हुन्छन । त्यसै मध्यका गायक हुन खेमजी राना जसले गाएर बजारमा निकालेको पहिलो सांगीतिक कोशेली थियो “भेट भयो धादिंग बजारमा” जुन कौंडा गीत थियो ।
यो गीत युट्युबमा १ लाख स्रोताहरूले हेरी सकेका छन भने गीतले धेरै चर्चा बटुल्न सफल भएको थियो । साथै खेमजी रानाले निकालेको दोस्रो सांगीतिक कोशेली हाँसी हाँसी भन्ने झ्याउरे गीतको सफलताले जताततै चर्चा गरायो र परिचय नै दियो । त्यस पछि रानाले आँशु नझारे आमा भन्ने गीत निकालेका हुन ।
यो गीतमा प्रदेशीएका छोरा र घरमा आमाको ब्यथालाई कथामा उतारेर गीतमा समेटेको छ । भने हालै निस्केको “नाँच्ने हात समाउदै” बोलको गीत चौथो गीत हो । यस गीतलाई निर्भना कला केन्द्र प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ । बांकी ४ वटा गीत बजार आउदै गरेको पनि जानकारी गराएका छन ।
“नाँच्ने हात समाउदै” ( झ्याउरे गीत ) को म्युजिक भिडियो ।
“नाँच्ने हात समाउदै” बोलको गीतमा सब्द, लय तथा स्वर खेमजी रानाको नै रहेको छ भने रानालाइ खुस्बु बिन्दा मगर र चर्चित लोक दोहोरी गायिका मुना थापा मगरले स्वरमा साथ दिएकी छन । मुनाको स्वरले गीतमा मिठासता दिएको छ ।
प्राय खेमजी रानाले गाउने सबै गीतहरूको अन्तमा केही न केही सन्देश मुलक सब्दहरू प्रयोग भएका हुन्छन र यस गीतमा पनि निरन्तरता दिएका छन । खेमजी भन्छन मैले गाएका थोरै गीतहरू छन तर पनि सबैले राम्रै चर्चा पाएका छन र हाम्रो संस्कृति, कौडा, घाटु, सालैजो, झ्याउरे, र सोरठी जस्ता गीतहरू नै छन ।
यिनै गीतहरू गाउदा आफुलाई आनन्द आउने र गर्भ लाग्ने गर्दछ । यिनै मौलिक गीतले आफुलाई चिनायो भनेर खुसी ब्यक्त गर्दछन । यस नाच्ने हात समाउदै गीतको एरेन्ज सागर बिरहीले गरेका हुन ।
४ वटा गीत बजारमा आई सकेका र बाकी ४ वटा गीत बजारमा आउन बाँकी छ भन्ने गायक खेमजी रानाले अरू गीतहरू पनि छन बिस्तारै काम अगाडी बढाउने सोचमा छु तर समयले कहा पुर्याउछ पनि भनेर अहिलेको सांगीतिक बजारको अबस्थालाई संकेत गर्दछन ।
यो गीत युट्युबमा १ लाख स्रोताहरूले हेरी सकेका छन भने गीतले धेरै चर्चा बटुल्न सफल भएको थियो । साथै खेमजी रानाले निकालेको दोस्रो सांगीतिक कोशेली हाँसी हाँसी भन्ने झ्याउरे गीतको सफलताले जताततै चर्चा गरायो र परिचय नै दियो । त्यस पछि रानाले आँशु नझारे आमा भन्ने गीत निकालेका हुन ।
यो गीतमा प्रदेशीएका छोरा र घरमा आमाको ब्यथालाई कथामा उतारेर गीतमा समेटेको छ । भने हालै निस्केको “नाँच्ने हात समाउदै” बोलको गीत चौथो गीत हो । यस गीतलाई निर्भना कला केन्द्र प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ । बांकी ४ वटा गीत बजार आउदै गरेको पनि जानकारी गराएका छन ।
“नाँच्ने हात समाउदै” ( झ्याउरे गीत ) को म्युजिक भिडियो ।
“नाँच्ने हात समाउदै” बोलको गीतमा सब्द, लय तथा स्वर खेमजी रानाको नै रहेको छ भने रानालाइ खुस्बु बिन्दा मगर र चर्चित लोक दोहोरी गायिका मुना थापा मगरले स्वरमा साथ दिएकी छन । मुनाको स्वरले गीतमा मिठासता दिएको छ ।
प्राय खेमजी रानाले गाउने सबै गीतहरूको अन्तमा केही न केही सन्देश मुलक सब्दहरू प्रयोग भएका हुन्छन र यस गीतमा पनि निरन्तरता दिएका छन । खेमजी भन्छन मैले गाएका थोरै गीतहरू छन तर पनि सबैले राम्रै चर्चा पाएका छन र हाम्रो संस्कृति, कौडा, घाटु, सालैजो, झ्याउरे, र सोरठी जस्ता गीतहरू नै छन ।
यिनै गीतहरू गाउदा आफुलाई आनन्द आउने र गर्भ लाग्ने गर्दछ । यिनै मौलिक गीतले आफुलाई चिनायो भनेर खुसी ब्यक्त गर्दछन । यस नाच्ने हात समाउदै गीतको एरेन्ज सागर बिरहीले गरेका हुन ।
म सँगीतलाई औधी पुजा गर्ने ब्यक्ती हुँ तर अहिलेका गीतहरूमा मौलिकता हराउदै गएकोले बजारमा केही बिकृत गीतहरू आउन थालेका छन तर दर्शक स्रोताहरूको रोजाइमा मौलिकता बोकेको गीत नै धेरैले मन पराउने र रूचाउने गरेको आफुले महशुस गरेको छु भनेर हामीलाई बताए ।
गायक खेमजी रानाका मौलिकता र संस्कृति बोकेका गीतहरू बजारमा आई रहुन, स्रोताहरूले मौलिकता र संस्कृति बोकेका गीतहरूलाई माया गरी रहुन । खेमजीको पछिल्लो “नाँचने हात समाउदै” गीतको सफलताको शुभ कामना ।
गीत सँगीतलाई सबैले माया गरौ र मौलिक गीतहरूलाई हामीले बिशेष प्राथमिकता दिऔ । 'जय गीत जय संगीत'
बरिष्ठ सर्जक गायक तथा संगीतकार खड्ग गर्बुजाले लाली बुढाथोकीसंग "माया लाउ भन लाउला नभन" भन्दै बुढेसकालमा जोडी फकाउदै (भिडियो सहित
‘मायाँ लाउ भन लाउला नभन’ गत शुक्रबार लोक गायिका लाली बुढाथोकीले लोकप्रिय लोक गायक खड्ग गर्बुजाको स्वरमा हालै बजारमा ल्याएको मौलिक गीत एल्बमको एक गीत हो । नेपालको मौलिक लोकसंगीतहरू लोप हुन थालेपछि नेपाली लोकसंगीतका लोकप्रिय गायक गर्बुजाको संगीत र स्वरमा बजारमा ल्याएको गीतले तीनदिनमै लोकप्रियता कमाएको छ ।
रामु जि.सी.कमल, नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बाट विकृतिजन्य गीत संगीतहरुले राम्रै स्थान जमाइरहेको अहिलेको अवस्थामा आफ्नै कला संस्कृति र मौलिकता लाई पनि जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर संचालनमा आएको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक फेरी अर्को मौलिक लोक दोहोरी गीत बजारमा ल्याएको छ ।
हामी सम्पूर्ण राष्ट्र प्रेमीहरुले आफ्नो मौलिक परम्परालाई पनि बिस्व सामु परिचित गराउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका खेल्नु पर्छ भन्दै “माया लाउँ भन लाउंला नभन” नामको साथमा बजारमा आएको लाली बुढाथोकीको यस गीतमा बरिष्ट गायक खड्ग गर्बुजा र लाली बुढाथोकीको सुमधुर स्वर सुन्न सकिन्छ ।
खड्ग गर्बुजको लय तथा शब्द सृजनाले सजिएको यस गीतलाई सुन्दा लाग्छ, हामि आफ्नै गाउँ वस्ती कुना कन्दरामा छौं , त्यहि भिर पाखा उकाली ओरालीको झल्को दिलाउने यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा बिनोद श्रेष्ठ र दिलकुमारी राम्जाली गर्बुजाको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसेले र सम्पादन सुजन शाहीले गरेका छन्
भिडियो हेर्न यहाँ लिंक खोल्नुहोस् ,,,,,,
Subscribe to:
Posts (Atom)