Wednesday, December 20, 2017




कृष्ण कंडेल& रामु जि.सी.कमल, काठेखोला र आस पासका ठाँउलाई बयान गरि तयार पारीएको सालैजो हमाल म्युजिक बाट सार्वजनिक भएको छ ।
गाँउ घर छोडी जहाँ गए पनि गाँउघरको माया र सम्झना सबैलाई आउने गर्दछ त्यहि सम्झनालाई गीतमा प्रस्तुत गरिएको छ । यस्ता गीतले मनोरञ्जन मात्र होइन गाउको पर्यटकीय स्थलहरुको प्रचार समेत गर्ने गर्दछ ।


पछिल्लो समयकी निकै चर्चित गायीका जुना श्री मगर र केपी कुमार जलनको सुमधुर आवाज रहेको सो गीतमा शव्द केपी कुमार जलन र लय इश्वर सिँहले गरेका छन । पछिल्लो समय एक पछि अर्को नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको हमाल म्युजिकले गीत संगीमा आफ्ना पृथक छाप छोड्न सफल भएको छ । सञ्चालक सज्जन हमालका अनुसार हमाल म्युजिक सँधै प्रतिभावान कलाकारहरुको प्रवद्धको लागी क्रियाशिल रहेको बताउनु भयो । सम्झना गाउ घरको गीतको सम्पुर्ण निमार्ण समेत हमाल म्युजिकलेनै गरेको छ ।
हमाल म्युजिकले बजार व्यस्थापन गरेको सो गीतमा प्रतिमा थापा र सञ्जीव ठकुरीले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन ।
के.पी.जलन राष्ट्रिय सुरक्षा कर्मी पनि हुनुहुन्छ एउटा सरकारी कर्मचारी भयर पनि निकै  लोकगीत संगीत बाट चर्चा बुतुल्न सफल के.पी. जी लै हार्दिक बधाई तथा सफलताको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ।

भिडियो तलको लिंकमा हेर्नुहोला :-


No comments:

Post a Comment