Wednesday, December 20, 2017




कृष्ण कंडेल& रामु जि.सी.कमल, काठेखोला र आस पासका ठाँउलाई बयान गरि तयार पारीएको सालैजो हमाल म्युजिक बाट सार्वजनिक भएको छ ।
गाँउ घर छोडी जहाँ गए पनि गाँउघरको माया र सम्झना सबैलाई आउने गर्दछ त्यहि सम्झनालाई गीतमा प्रस्तुत गरिएको छ । यस्ता गीतले मनोरञ्जन मात्र होइन गाउको पर्यटकीय स्थलहरुको प्रचार समेत गर्ने गर्दछ ।


पछिल्लो समयकी निकै चर्चित गायीका जुना श्री मगर र केपी कुमार जलनको सुमधुर आवाज रहेको सो गीतमा शव्द केपी कुमार जलन र लय इश्वर सिँहले गरेका छन । पछिल्लो समय एक पछि अर्को नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको हमाल म्युजिकले गीत संगीमा आफ्ना पृथक छाप छोड्न सफल भएको छ । सञ्चालक सज्जन हमालका अनुसार हमाल म्युजिक सँधै प्रतिभावान कलाकारहरुको प्रवद्धको लागी क्रियाशिल रहेको बताउनु भयो । सम्झना गाउ घरको गीतको सम्पुर्ण निमार्ण समेत हमाल म्युजिकलेनै गरेको छ ।
हमाल म्युजिकले बजार व्यस्थापन गरेको सो गीतमा प्रतिमा थापा र सञ्जीव ठकुरीले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन ।
के.पी.जलन राष्ट्रिय सुरक्षा कर्मी पनि हुनुहुन्छ एउटा सरकारी कर्मचारी भयर पनि निकै  लोकगीत संगीत बाट चर्चा बुतुल्न सफल के.पी. जी लै हार्दिक बधाई तथा सफलताको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ।

भिडियो तलको लिंकमा हेर्नुहोला :-


Tuesday, December 19, 2017

चिरपरिचित बहुचर्चित संगीतकार श्रीकृष्ण बममल्लले करिश्मा लै आउदो माघमा "ढोलकीको तालैमा बिदा गर्ने पक्कापक्की (भिडियोमा यस्तो छ तयारी)



रामु जि.सी.कमल, चर्चित गीतकार तथा  संगितकार एबम् गायक श्रिकृष्ण बम मल्ल आम दर्शक श्रोताको मन मा बस्न सफल सर्जक हुन् बिशेष गरेर नेपाली सुगम संगीत होस या लोक तथा दोहोरी गीत होस् उनि हरेक क्षेत्रमा  उनी राज गर्न सफल छन् ।
पछिल्लो समयमा उनले पन्चेबाजा गीत बजारमा ल्याएका छन्। उनले ढाेलकी तालमै बाेलकाे गित बजारमा ल्याएका छन । अहिले यो गीत निकै चर्चित रहेको छ
अन्तिममा  लगन छाेपेर मल्लले अाफ्नै छाेरी करिष्मा लाइ ढाेलकी तालैमा भित्राएका हुन ।
लामाे समयदेखि संगित क्षेत्रमा लागेर चर्चा कमाएका  बम मल्लले लगन सकिनै लाग्दा पन्चेबाजा गित ढाेलकी तालैमा बजारमा ल्याएका हुन ।
“ढाेलकी तालैमा” मल्लकाे अावाज रहेकाे  पहिलाे पन्चेबाजा काे गित हाे भने आधुनिक तथा दोहोरीमा भने स्वर दिइसकेका छन्    ।

“ढाेलकी तालैमा” मा गायक बम  मल्ल का  साथै गरिमा बिरहीकाे अावाज रहेकाे छ ।
प्रकाश भट्टले निर्देशन गरेकाे “ढाेलकी तालैमा” काे छायांकन करण चैसिरले गरेका हुन ।
विष्णु  शर्माले सम्पादन गरेकाे गितमा करिष्मा ढकाल , अाेवी रायमाझि , टिना श्रेष्ठ र मनाेज कार्कीले कम्मर मर्काएका छन ।
उक्त गितमा संगितकार तथा गायक मल्लकाे लय तथा शव्द रहेकाे छ ।
“ढाेलकी तालैमा” मा करिष्मालाइ मल्लले छाेरीकाे भुमिकामा राखेका छन ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस


Sunday, December 17, 2017

पछिल्लो समय मौलिक भाका कौरा(कौडा) गीत बाटै चर्चामा बहुचर्चित गायक तथा संगीतकार खेमजी राना कौरा गीतका राजा ( छोटो जीवनी )

गीत गाउने सानै देखी रहर भएकोले एक दिन कलाकार बन्ने धोको थियो । नभन्दै समयले एक दिन कलाकार बनाएरै छोड्यो । यो भनाई हो धादिँग जिल्लाको खरी बाजघर भन्ने ठाउमा जन्मिएका लोक गायक खेमजी राना ।

 गीत सँगीतले कस्लाई छुदैन र कस्ले चाहादैन र ठुलो कलाकार बन्नलाई ! सबैका सपना र चाहाना पुर्ण हुदैनन् तर कसैका सपना एक बिपनामा परिणत हुन्छन । त्यसै मध्यका गायक हुन खेमजी राना जसले गाएर बजारमा निकालेको पहिलो सांगीतिक कोशेली थियो “भेट भयो धादिंग बजारमा” जुन कौंडा गीत थियो ।

यो गीत युट्युबमा १ लाख स्रोताहरूले हेरी सकेका छन भने गीतले धेरै चर्चा बटुल्न सफल भएको थियो । साथै खेमजी रानाले निकालेको दोस्रो सांगीतिक कोशेली हाँसी हाँसी भन्ने झ्याउरे गीतको सफलताले जताततै चर्चा गरायो र परिचय नै दियो । त्यस पछि रानाले आँशु नझारे आमा भन्ने गीत निकालेका हुन ।

 यो गीतमा प्रदेशीएका छोरा र घरमा आमाको ब्यथालाई कथामा उतारेर गीतमा समेटेको छ । भने हालै निस्केको “नाँच्ने हात समाउदै” बोलको गीत चौथो गीत हो । यस गीतलाई निर्भना कला केन्द्र प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ । बांकी ४ वटा गीत बजार आउदै गरेको पनि जानकारी गराएका छन ।


“नाँच्ने हात समाउदै” ( झ्याउरे गीत ) को म्युजिक भिडियो ।

 “नाँच्ने हात समाउदै” बोलको गीतमा सब्द, लय तथा स्वर खेमजी रानाको नै रहेको छ भने रानालाइ खुस्बु बिन्दा मगर र चर्चित लोक दोहोरी गायिका मुना थापा मगरले स्वरमा साथ दिएकी छन । मुनाको स्वरले गीतमा मिठासता दिएको छ ।

 प्राय खेमजी रानाले गाउने सबै गीतहरूको अन्तमा केही न केही सन्देश मुलक सब्दहरू प्रयोग भएका हुन्छन र यस गीतमा पनि निरन्तरता दिएका छन । खेमजी भन्छन मैले गाएका थोरै गीतहरू छन तर पनि सबैले राम्रै चर्चा पाएका छन र हाम्रो संस्कृति, कौडा, घाटु, सालैजो, झ्याउरे, र सोरठी जस्ता गीतहरू नै छन ।

यिनै गीतहरू गाउदा आफुलाई आनन्द आउने र गर्भ लाग्ने गर्दछ । यिनै मौलिक गीतले आफुलाई चिनायो भनेर खुसी ब्यक्त गर्दछन । यस नाच्ने हात समाउदै गीतको एरेन्ज सागर बिरहीले गरेका हुन ।
४ वटा गीत बजारमा आई सकेका र बाकी ४ वटा गीत बजारमा आउन बाँकी छ भन्ने गायक खेमजी रानाले अरू गीतहरू पनि छन बिस्तारै काम अगाडी बढाउने सोचमा छु तर समयले कहा पुर्याउछ पनि भनेर अहिलेको सांगीतिक बजारको अबस्थालाई संकेत गर्दछन ।

म सँगीतलाई औधी पुजा गर्ने ब्यक्ती हुँ तर अहिलेका गीतहरूमा मौलिकता हराउदै गएकोले बजारमा केही बिकृत गीतहरू आउन थालेका छन तर दर्शक स्रोताहरूको रोजाइमा मौलिकता बोकेको गीत नै धेरैले मन पराउने र रूचाउने गरेको आफुले महशुस गरेको छु भनेर हामीलाई बताए ।

गायक खेमजी रानाका मौलिकता र संस्कृति बोकेका गीतहरू बजारमा आई रहुन, स्रोताहरूले मौलिकता र संस्कृति बोकेका गीतहरूलाई माया गरी रहुन । खेमजीको पछिल्लो “नाँचने हात समाउदै” गीतको सफलताको शुभ कामना ।


गीत सँगीतलाई सबैले माया गरौ र मौलिक गीतहरूलाई हामीले बिशेष प्राथमिकता दिऔ । 'जय गीत जय संगीत'

बरिष्ठ सर्जक गायक तथा संगीतकार खड्ग गर्बुजाले लाली बुढाथोकीसंग "माया लाउ भन लाउला नभन" भन्दै बुढेसकालमा जोडी फकाउदै (भिडियो सहित


 ‘मायाँ लाउ भन लाउला नभन’ गत शुक्रबार लोक गायिका लाली बुढाथोकीले लोकप्रिय लोक गायक खड्ग गर्बुजाको स्वरमा हालै बजारमा ल्याएको मौलिक गीत एल्बमको एक गीत हो । नेपालको मौलिक लोकसंगीतहरू लोप हुन थालेपछि नेपाली लोकसंगीतका लोकप्रिय गायक गर्बुजाको संगीत र स्वरमा बजारमा ल्याएको गीतले तीनदिनमै लोकप्रियता कमाएको छ ।



रामु जि.सी.कमल, नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बाट विकृतिजन्य गीत संगीतहरुले राम्रै स्थान जमाइरहेको अहिलेको अवस्थामा आफ्नै कला संस्कृति र मौलिकता लाई पनि जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर संचालनमा आएको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक फेरी अर्को मौलिक लोक दोहोरी गीत बजारमा ल्याएको छ ।
हामी सम्पूर्ण राष्ट्र प्रेमीहरुले आफ्नो मौलिक परम्परालाई पनि बिस्व सामु परिचित गराउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका खेल्नु पर्छ भन्दै “माया लाउँ भन लाउंला नभन” नामको साथमा बजारमा आएको लाली बुढाथोकीको यस गीतमा बरिष्ट गायक खड्ग गर्बुजा र लाली बुढाथोकीको सुमधुर स्वर सुन्न सकिन्छ ।
खड्ग गर्बुजको लय तथा शब्द सृजनाले सजिएको यस गीतलाई सुन्दा लाग्छ, हामि आफ्नै गाउँ वस्ती कुना कन्दरामा छौं , त्यहि भिर पाखा उकाली ओरालीको झल्को दिलाउने यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा बिनोद श्रेष्ठ र दिलकुमारी राम्जाली गर्बुजाको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसेले र सम्पादन सुजन शाहीले गरेका छन् 
भिडियो हेर्न यहाँ लिंक खोल्नुहोस्  ,,,,,,

छोटो समयमा निकै चर्चा बुतुल्न सफल सर्जक तथा मोडल नरेश बोहराको एक हप्तामा २ ओटा गीत सार्बजनिक (भिडियो सहित )



रामु जि.सी.कमल,२०७१ साल बाट गीत संगित मा लागेका नरेश बोहरा को शब्दमा रहेका नयाँ लोकदोहोरी गीतहरु धमाधम बजारमा आइरहेका छन ।
उनले आफ्नो अभिनय र लेखक आज गिरे तिम्रो नजर सागीतिक क्षेत्रमा प्रवेश गरेका बोहोरा छोटो समयमै सबै माझ लोकप्रिय बनेका छन ।
लाहुरे जिवन बिताईरहेका चर्चित सर्जक नरेश बोहोराको शब्द श्रृजनामा बिल्कुलै नयाँ लोक दोहोरी गित सुन झै मायाले भर्खर मात्र सार्वजनिक भएको छ । यहि हप्ता मात्रै बजारमा आएको गितले राम्रो चर्चा पाएको गितका सर्जक तथा लेखक बोहोराले हामीलाई बताए ।
गितमा प्रेम प्रेमिका बिचको संवादलाई निकै मर्म स्पर्षी रुपमा प्रस्तुत गरिरएको छ । बोहोरा भन्छन् आजभोली माया प्रेम सामान्य जस्तै भएको छ । यसलाई शब्दमा उनेर गितको रुपमा प्रस्तुत गरेका छौं आशा छ दर्शक श्रोताले माया गर्ने छन् ।
राजु सापकोटा र रेजिना कान्छीको आवाज रहेको छ भने शब्द नरेस बोहराको लय दीपक छेत्री रहेको छ । गीतमा अभिनय राजु एन्जल र निर्देशन दुर्गा बिरहीले गरेका छन् साथै गितलाई उत्पादक बितरक आत्मा बिस्वास फिल्मस् प्रा.लि ले गरेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस


जापान बाटै प्रकाश कंडेलले आफ्नो मायालुलाई दिने भय "सिन्दुर" (रेकर्दिङ्ग सकियो)

जापानको  तोकियो सहरमा गीत रेकर्दिङ्ग गर्दै बाग्लुङ्ग बिंहूका युवा गायक प्रकाश कंडेल 

 रामु जि.सी.कमल, करिब ७/८ वर्ष पहिला देखि निकै चर्चित पन्चेबाजाको गीत  "मायालाई आफ्नो थान्दानी" बाट सांगेतिक यात्रा तय गर्नु भयका सदाबहार गायक तथा संगीतकार बाग्लुंग कठेखोला गाँउपालिका बिंहूका #प्रकाश_कंडेल ले फेरी प्रबाश बाटै अर्को पृथक र मार्मिक पन्चेबाजा ल्याउन लागेका छन्
गीत निकै उत्कृष्ठ र पृथक बनेको बताउने कंडेलको अब आउने गीतको रेकर्दिङ्ग को कम सबै सकियको जानकारी पनि दिनुभयो !!!
जापान जस्तो ब्यस्त सहर मा रहेर पनि लोक गीत संगीतमा  सदाबहार लागि पर्नु हुने कंडेललाई हार्दिक बधाई तथा शुभकामना संगै उहाको पहिलो गीति एल्बम
 #मायालाई_आफ्नो_थान्दानी  भिडियो सहित

Saturday, December 16, 2017

मीना गर्बुजा र रीना थापा मगरकि छोरी भयकै कारण ढाँटन नसकेको भनि बजार भरि चर्चा (भिडियो सार्बजनिक )



रामु जि.सी.कमल  साउदी अरब , लोक तथा दोहोरी गायिका मीना गर्बुजा मगरले “मगरकी छोरी म त ढाँट्न आउँदैन”बोलको दोहोरी गीत बजारमा ल्याएकी छिन् । गीतमा गायिका मीना स्वयं र गायक राजु गुरुङले स्वर दिएका छन् ।
चर्चित सर्जक शिव हमालको शब्द रहेको गीतको लय भने राजु गुरुङले बनाएका हुन् । गीतको थेगो शिव सुवेदीको हो । दिदीबहिनी इन्टरटेन्मेन्ट म्यूजिक प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोमा राजु गुरुङ र रिना थापामगरले अभिनय गरेका छन् ।
साई भिजन प्रालिले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने राजेश घिमिरेको छायांकन र विष्णु शर्माले सम्पादन गरेका हुन् । गायिका मीनाले यसअघि थुप्रै सालैजो तथा झ्याउरे एवं दोहोरी गीतमा स्वर दिइसकेकी छिन् ।
गायिका मीना गर्बुजा बहुचर्चित  बरिष्ठ सर्जक गायक तथा संगीतकार खडका गर्बुजाकि धर्मपत्नी हुनुहुन्छ साथै  उक्त भिडियो मा अहिलेकी बहुचर्चित मोडेल रीना थापा मगर र उनै गायक सर्जक तथा संगीतकार राजु गुरुङ लगायत को अभिनय देख्न सकिन्छ, भने गीत NITA PUN MAGAR को युटुब च्यानल बाट बजारमा सार्बजनिक गरियको छ।
युट्युबमा हेर्नका लिंक :



सुर्य खडका र दीपक कंडेल सोना के.सी,लाइ खोज्दै टोक्यो रोधीघरमा पुगेपछि भयो हंगामा (भिडियो सहित)





मायाको लागि धाउदै छन् परदेशी गायक सुर्य खड्का टोकियोको रोदीघर ?हेर्नुहोस भिडियो सहित बिगत लामो देखि जापान बस्दै आयका सुर्य खड्का लै नचिन्ने सायद कमै होलान।
बिदेश गैसके पछि आफ्ना सांगीतिक कोसेली पस्कन सुरुगरेका खड्का छोटो समयमानै लाखौ दर्शकको मन मा बस्न सफल भयका छन्



यसै क्रममा भर्खरै मात्र गायक खड्काले आफ्नो नया सांगीतिक कोसेली तोकियो को रोदिघरैमा बजारमा ल्यायक छन्। बिगतका प्रस्तुति जस्तै यसलाई पनि माया गरिदिन दर्शक स्रोतालाई आग्रह गरेका छन्।यो गीतमा गायक खड्कालाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकि छन्।
 सुर्य खड्का को पहिलाको  YOUTUBE CHANNEL बिग्रियको कारण नया  आफ्नै YOUTUBE CHANNEL बाट अपलोड गरिएको छ साथै  SUBSCRIBES गरिदिनु हुन अनुरोध पनि गर्दछु 
गीत पृथक र रमाइलो पाराको छ भने गीतको म्युजिक भिडियोमा सुर्य खड्का सोना के.सी. लगायत सचिन छन्द र दीपक कंडेलको पनि अभिनय देख्न सकिन्छ ,,..

टोकियोको रोदिघरैमा को भिडियो हेर्नका लागि तलको लिङ थिच्नु होला 



चर्चित गीतकार तथा सर्जक नारायण कंडेलले जापान बाटै सीता श्रेष्ठलाइ हाँसी हाँसी दिए बिदा (भिडियो सहित)



कृष्ण कंडेल बाग्लुङ्ग , पञ्चेवाजा र बसन्त थापा भने पछि एक प्रकारको नयाँ पन हुनु स्वभाविक जस्तो लाग्न थालेको छ । यसको अर्थ यो पनि हो कि बसन्तको सिर्जना मुटुनै छुने खालको हुन्छ ।  पछिल्लो समय सार्वजनिक भएको हाँसी हाँसी एउटा त्यस्तो गीत छ जहाँ गीत मात्र होइन सन्देश पनि दिन खोजिएको छ । मायामा विछोड हुँदा पनि अरुको खुसिको लागी त्याग गर्न सक्नु पर्छ भन्ने सन्दे सो गीतमा समेटिएको छ ।
गीतको सबैभन्दा उत्कृष्ट पक्ष भनेको शव्द रहेको छ । जुन प्रत्यक शव्द मन छुने रहेका छन । जापानमा रहेर पनि नेपाली गीत संगीतम निकै लोकप्रिय सर्जक नाराण कँडेलले यो गीतमा शव्द सिर्जना गरेका छन । कँडेलले निकै कम तर उत्कृष्ट सिर्जना गर्ने गर्दछन । साथैमा गीतको भिडियो पक्ष पनि प्रसंसा गर्न लाएक छ । ओवि रायमाझी र रञ्जिता गुरुङले जिवन्त अभिनय गरेका छन
बसन्त थापाको लय सिर्जना रहेको सो गीतमा बसन्त थापा र सिता श्रेष्ठको सुमधुर आवाजले गीतलाई अझ राम्रो बनाएको छ । सिता श्रेष्ठ पछिल्लो समय गीत संगीतमा निकै चर्चा कमाउदै गइरहेकी छन भने उनको आवाजमा पनि दम रहेको जानकारहरु बताउछन ।
बसन्त थापाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस


प्रेम सोनुले जापान बताई पूर्णकला बि.सी. लाइ आँशुको मूल्य मागेपछि निकै चर्चामा (भिडियो सहित)



लगनको मैना शुरु भए लगत्तै नेपाली सांगीतिक बजार पन्चेबाजाका गीतहरू ले तात्तियको छ । विशेष गरि बैबाहिक सम्बन्ध गास्नको लागि बर्ष भरिमा मंसिर लाई उपयुक्त महिना मानिन्छ । कतिले आफुले मन परायको मायालु लाई जीवन भरको लागि पाउछन् भने कतिले जीवन भरकै लागि गुमाउछ्न यो बेला यस्तै खुशी र दु:ख का भावनाहरुलाइ समेटेर कलाकार हरुले गीत बनाउछ्न् ।
एक प्रेम जोडि ले आफ्नो प्रेम गुमाएको कथामा आधारित हरि शर्मा को पन्चेबाजा गीत आसुको मुल्य सांगीतिक बजारमा सार्बजनिक भएको थियो।प्रेम सापकोटा सोनु र पुर्णकला बिसि को सुमधुर स्वर मा रहेको यश गीतको भाका गायक तथा सर्जक प्रेम ले बनाएका हुन भने किस्ना आचार्य रोशनी को शब्द सिर्जना रहेको छ ।
कपिल लामा ले निर्देशन गरेको आसुको मुल्य म्युजिक भिडियो लाई राजेश घिमिरेले खिचेका हुन भने सुजन शाही ले सम्पादन गरेका छ्न । हमाल म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको यश गीतको म्युजिक भिडियो मा महेन्द्र गौतम ,रन्जिता गुरुङ र हरि शर्मा को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस यश गित को भिडियो


Tuesday, December 12, 2017

को हुन नरेश बोहरा जो ईण्डियन आर्मी बाटै संगीतमा जम्दैछन..????

प्रदेश बाटै संगीत लै बुझ्ने र निकै चर्चामा आउन सफल गीतकार तथा सर्जक एवं मोडेल नरेश बोहरा 




बागलुङ  रायडाडा  को माटोमा जन्मिएका नरेश बोहोरा इन्डेन आर्मिमा जागिरे हुन। आर्मिको जागिरे भए पनि नेपाली सगित छेत्रमा नयाँ नयाँ  गीत सगित  बजार मा ल्याएका छन ।
उनले बजारमा ल्याएका गितहरुले दर्सक हरु को मन जित्न सफल भएका बताउछ्न
उन को सगित यात्रा २०७१ साल देखि सुरु भएको हो।
उनले आज गिरे तिम्रो नजर मा बाट अभिनय र लेखन मा पर्बेस गरेका थिए ।


निक्कै ब्यस्त देखिरहने मोडल तथा सर्जक नरेस बोहोरा  को  दुखीले पनि  सार्बजनिक भएको छ।माया प्रेम को  बस्तुमा आधारित गित दुखी हो। नरेश बोहोरा प्रस्तुति रहेको गित मा शब्द  लय  नरेश  बोहोरा कै  र तेथो सपना पुन को रहेको छ। आवाज चर्चित गायक पुस्कल शर्मा र देबि घर्ती  को रहेको छ।बिक्रम चौहानको निर्देशन प्रकाश खडका  र मुकेस हुमागाई   छायांकन मिलन बिक नि सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिरको र टीका जौसी  अभिनय देख्न सकिन्छ भने गित बजारमा a one  म्युजिकले ल्याएको छ।

भिडीयो बजारमा आको छ तलको लिंक खोलेर हेर्hनुहोला
https://youtu.be/7JUia3dvWj8