Saturday, December 16, 2017

मीना गर्बुजा र रीना थापा मगरकि छोरी भयकै कारण ढाँटन नसकेको भनि बजार भरि चर्चा (भिडियो सार्बजनिक )



रामु जि.सी.कमल  साउदी अरब , लोक तथा दोहोरी गायिका मीना गर्बुजा मगरले “मगरकी छोरी म त ढाँट्न आउँदैन”बोलको दोहोरी गीत बजारमा ल्याएकी छिन् । गीतमा गायिका मीना स्वयं र गायक राजु गुरुङले स्वर दिएका छन् ।
चर्चित सर्जक शिव हमालको शब्द रहेको गीतको लय भने राजु गुरुङले बनाएका हुन् । गीतको थेगो शिव सुवेदीको हो । दिदीबहिनी इन्टरटेन्मेन्ट म्यूजिक प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोमा राजु गुरुङ र रिना थापामगरले अभिनय गरेका छन् ।
साई भिजन प्रालिले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने राजेश घिमिरेको छायांकन र विष्णु शर्माले सम्पादन गरेका हुन् । गायिका मीनाले यसअघि थुप्रै सालैजो तथा झ्याउरे एवं दोहोरी गीतमा स्वर दिइसकेकी छिन् ।
गायिका मीना गर्बुजा बहुचर्चित  बरिष्ठ सर्जक गायक तथा संगीतकार खडका गर्बुजाकि धर्मपत्नी हुनुहुन्छ साथै  उक्त भिडियो मा अहिलेकी बहुचर्चित मोडेल रीना थापा मगर र उनै गायक सर्जक तथा संगीतकार राजु गुरुङ लगायत को अभिनय देख्न सकिन्छ, भने गीत NITA PUN MAGAR को युटुब च्यानल बाट बजारमा सार्बजनिक गरियको छ।
युट्युबमा हेर्नका लिंक :



No comments:

Post a Comment