Saturday, December 16, 2017

चर्चित गीतकार तथा सर्जक नारायण कंडेलले जापान बाटै सीता श्रेष्ठलाइ हाँसी हाँसी दिए बिदा (भिडियो सहित)



कृष्ण कंडेल बाग्लुङ्ग , पञ्चेवाजा र बसन्त थापा भने पछि एक प्रकारको नयाँ पन हुनु स्वभाविक जस्तो लाग्न थालेको छ । यसको अर्थ यो पनि हो कि बसन्तको सिर्जना मुटुनै छुने खालको हुन्छ ।  पछिल्लो समय सार्वजनिक भएको हाँसी हाँसी एउटा त्यस्तो गीत छ जहाँ गीत मात्र होइन सन्देश पनि दिन खोजिएको छ । मायामा विछोड हुँदा पनि अरुको खुसिको लागी त्याग गर्न सक्नु पर्छ भन्ने सन्दे सो गीतमा समेटिएको छ ।
गीतको सबैभन्दा उत्कृष्ट पक्ष भनेको शव्द रहेको छ । जुन प्रत्यक शव्द मन छुने रहेका छन । जापानमा रहेर पनि नेपाली गीत संगीतम निकै लोकप्रिय सर्जक नाराण कँडेलले यो गीतमा शव्द सिर्जना गरेका छन । कँडेलले निकै कम तर उत्कृष्ट सिर्जना गर्ने गर्दछन । साथैमा गीतको भिडियो पक्ष पनि प्रसंसा गर्न लाएक छ । ओवि रायमाझी र रञ्जिता गुरुङले जिवन्त अभिनय गरेका छन
बसन्त थापाको लय सिर्जना रहेको सो गीतमा बसन्त थापा र सिता श्रेष्ठको सुमधुर आवाजले गीतलाई अझ राम्रो बनाएको छ । सिता श्रेष्ठ पछिल्लो समय गीत संगीतमा निकै चर्चा कमाउदै गइरहेकी छन भने उनको आवाजमा पनि दम रहेको जानकारहरु बताउछन ।
बसन्त थापाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस


No comments:

Post a Comment