Wednesday, December 20, 2017




कृष्ण कंडेल& रामु जि.सी.कमल, काठेखोला र आस पासका ठाँउलाई बयान गरि तयार पारीएको सालैजो हमाल म्युजिक बाट सार्वजनिक भएको छ ।
गाँउ घर छोडी जहाँ गए पनि गाँउघरको माया र सम्झना सबैलाई आउने गर्दछ त्यहि सम्झनालाई गीतमा प्रस्तुत गरिएको छ । यस्ता गीतले मनोरञ्जन मात्र होइन गाउको पर्यटकीय स्थलहरुको प्रचार समेत गर्ने गर्दछ ।


पछिल्लो समयकी निकै चर्चित गायीका जुना श्री मगर र केपी कुमार जलनको सुमधुर आवाज रहेको सो गीतमा शव्द केपी कुमार जलन र लय इश्वर सिँहले गरेका छन । पछिल्लो समय एक पछि अर्को नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको हमाल म्युजिकले गीत संगीमा आफ्ना पृथक छाप छोड्न सफल भएको छ । सञ्चालक सज्जन हमालका अनुसार हमाल म्युजिक सँधै प्रतिभावान कलाकारहरुको प्रवद्धको लागी क्रियाशिल रहेको बताउनु भयो । सम्झना गाउ घरको गीतको सम्पुर्ण निमार्ण समेत हमाल म्युजिकलेनै गरेको छ ।
हमाल म्युजिकले बजार व्यस्थापन गरेको सो गीतमा प्रतिमा थापा र सञ्जीव ठकुरीले अभिनय गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन ।
के.पी.जलन राष्ट्रिय सुरक्षा कर्मी पनि हुनुहुन्छ एउटा सरकारी कर्मचारी भयर पनि निकै  लोकगीत संगीत बाट चर्चा बुतुल्न सफल के.पी. जी लै हार्दिक बधाई तथा सफलताको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ।

भिडियो तलको लिंकमा हेर्नुहोला :-


Tuesday, December 19, 2017

चिरपरिचित बहुचर्चित संगीतकार श्रीकृष्ण बममल्लले करिश्मा लै आउदो माघमा "ढोलकीको तालैमा बिदा गर्ने पक्कापक्की (भिडियोमा यस्तो छ तयारी)



रामु जि.सी.कमल, चर्चित गीतकार तथा  संगितकार एबम् गायक श्रिकृष्ण बम मल्ल आम दर्शक श्रोताको मन मा बस्न सफल सर्जक हुन् बिशेष गरेर नेपाली सुगम संगीत होस या लोक तथा दोहोरी गीत होस् उनि हरेक क्षेत्रमा  उनी राज गर्न सफल छन् ।
पछिल्लो समयमा उनले पन्चेबाजा गीत बजारमा ल्याएका छन्। उनले ढाेलकी तालमै बाेलकाे गित बजारमा ल्याएका छन । अहिले यो गीत निकै चर्चित रहेको छ
अन्तिममा  लगन छाेपेर मल्लले अाफ्नै छाेरी करिष्मा लाइ ढाेलकी तालैमा भित्राएका हुन ।
लामाे समयदेखि संगित क्षेत्रमा लागेर चर्चा कमाएका  बम मल्लले लगन सकिनै लाग्दा पन्चेबाजा गित ढाेलकी तालैमा बजारमा ल्याएका हुन ।
“ढाेलकी तालैमा” मल्लकाे अावाज रहेकाे  पहिलाे पन्चेबाजा काे गित हाे भने आधुनिक तथा दोहोरीमा भने स्वर दिइसकेका छन्    ।

“ढाेलकी तालैमा” मा गायक बम  मल्ल का  साथै गरिमा बिरहीकाे अावाज रहेकाे छ ।
प्रकाश भट्टले निर्देशन गरेकाे “ढाेलकी तालैमा” काे छायांकन करण चैसिरले गरेका हुन ।
विष्णु  शर्माले सम्पादन गरेकाे गितमा करिष्मा ढकाल , अाेवी रायमाझि , टिना श्रेष्ठ र मनाेज कार्कीले कम्मर मर्काएका छन ।
उक्त गितमा संगितकार तथा गायक मल्लकाे लय तथा शव्द रहेकाे छ ।
“ढाेलकी तालैमा” मा करिष्मालाइ मल्लले छाेरीकाे भुमिकामा राखेका छन ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस


Sunday, December 17, 2017

पछिल्लो समय मौलिक भाका कौरा(कौडा) गीत बाटै चर्चामा बहुचर्चित गायक तथा संगीतकार खेमजी राना कौरा गीतका राजा ( छोटो जीवनी )

गीत गाउने सानै देखी रहर भएकोले एक दिन कलाकार बन्ने धोको थियो । नभन्दै समयले एक दिन कलाकार बनाएरै छोड्यो । यो भनाई हो धादिँग जिल्लाको खरी बाजघर भन्ने ठाउमा जन्मिएका लोक गायक खेमजी राना ।

 गीत सँगीतले कस्लाई छुदैन र कस्ले चाहादैन र ठुलो कलाकार बन्नलाई ! सबैका सपना र चाहाना पुर्ण हुदैनन् तर कसैका सपना एक बिपनामा परिणत हुन्छन । त्यसै मध्यका गायक हुन खेमजी राना जसले गाएर बजारमा निकालेको पहिलो सांगीतिक कोशेली थियो “भेट भयो धादिंग बजारमा” जुन कौंडा गीत थियो ।

यो गीत युट्युबमा १ लाख स्रोताहरूले हेरी सकेका छन भने गीतले धेरै चर्चा बटुल्न सफल भएको थियो । साथै खेमजी रानाले निकालेको दोस्रो सांगीतिक कोशेली हाँसी हाँसी भन्ने झ्याउरे गीतको सफलताले जताततै चर्चा गरायो र परिचय नै दियो । त्यस पछि रानाले आँशु नझारे आमा भन्ने गीत निकालेका हुन ।

 यो गीतमा प्रदेशीएका छोरा र घरमा आमाको ब्यथालाई कथामा उतारेर गीतमा समेटेको छ । भने हालै निस्केको “नाँच्ने हात समाउदै” बोलको गीत चौथो गीत हो । यस गीतलाई निर्भना कला केन्द्र प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ । बांकी ४ वटा गीत बजार आउदै गरेको पनि जानकारी गराएका छन ।


“नाँच्ने हात समाउदै” ( झ्याउरे गीत ) को म्युजिक भिडियो ।

 “नाँच्ने हात समाउदै” बोलको गीतमा सब्द, लय तथा स्वर खेमजी रानाको नै रहेको छ भने रानालाइ खुस्बु बिन्दा मगर र चर्चित लोक दोहोरी गायिका मुना थापा मगरले स्वरमा साथ दिएकी छन । मुनाको स्वरले गीतमा मिठासता दिएको छ ।

 प्राय खेमजी रानाले गाउने सबै गीतहरूको अन्तमा केही न केही सन्देश मुलक सब्दहरू प्रयोग भएका हुन्छन र यस गीतमा पनि निरन्तरता दिएका छन । खेमजी भन्छन मैले गाएका थोरै गीतहरू छन तर पनि सबैले राम्रै चर्चा पाएका छन र हाम्रो संस्कृति, कौडा, घाटु, सालैजो, झ्याउरे, र सोरठी जस्ता गीतहरू नै छन ।

यिनै गीतहरू गाउदा आफुलाई आनन्द आउने र गर्भ लाग्ने गर्दछ । यिनै मौलिक गीतले आफुलाई चिनायो भनेर खुसी ब्यक्त गर्दछन । यस नाच्ने हात समाउदै गीतको एरेन्ज सागर बिरहीले गरेका हुन ।
४ वटा गीत बजारमा आई सकेका र बाकी ४ वटा गीत बजारमा आउन बाँकी छ भन्ने गायक खेमजी रानाले अरू गीतहरू पनि छन बिस्तारै काम अगाडी बढाउने सोचमा छु तर समयले कहा पुर्याउछ पनि भनेर अहिलेको सांगीतिक बजारको अबस्थालाई संकेत गर्दछन ।

म सँगीतलाई औधी पुजा गर्ने ब्यक्ती हुँ तर अहिलेका गीतहरूमा मौलिकता हराउदै गएकोले बजारमा केही बिकृत गीतहरू आउन थालेका छन तर दर्शक स्रोताहरूको रोजाइमा मौलिकता बोकेको गीत नै धेरैले मन पराउने र रूचाउने गरेको आफुले महशुस गरेको छु भनेर हामीलाई बताए ।

गायक खेमजी रानाका मौलिकता र संस्कृति बोकेका गीतहरू बजारमा आई रहुन, स्रोताहरूले मौलिकता र संस्कृति बोकेका गीतहरूलाई माया गरी रहुन । खेमजीको पछिल्लो “नाँचने हात समाउदै” गीतको सफलताको शुभ कामना ।


गीत सँगीतलाई सबैले माया गरौ र मौलिक गीतहरूलाई हामीले बिशेष प्राथमिकता दिऔ । 'जय गीत जय संगीत'

बरिष्ठ सर्जक गायक तथा संगीतकार खड्ग गर्बुजाले लाली बुढाथोकीसंग "माया लाउ भन लाउला नभन" भन्दै बुढेसकालमा जोडी फकाउदै (भिडियो सहित


 ‘मायाँ लाउ भन लाउला नभन’ गत शुक्रबार लोक गायिका लाली बुढाथोकीले लोकप्रिय लोक गायक खड्ग गर्बुजाको स्वरमा हालै बजारमा ल्याएको मौलिक गीत एल्बमको एक गीत हो । नेपालको मौलिक लोकसंगीतहरू लोप हुन थालेपछि नेपाली लोकसंगीतका लोकप्रिय गायक गर्बुजाको संगीत र स्वरमा बजारमा ल्याएको गीतले तीनदिनमै लोकप्रियता कमाएको छ ।



रामु जि.सी.कमल, नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बाट विकृतिजन्य गीत संगीतहरुले राम्रै स्थान जमाइरहेको अहिलेको अवस्थामा आफ्नै कला संस्कृति र मौलिकता लाई पनि जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर संचालनमा आएको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक फेरी अर्को मौलिक लोक दोहोरी गीत बजारमा ल्याएको छ ।
हामी सम्पूर्ण राष्ट्र प्रेमीहरुले आफ्नो मौलिक परम्परालाई पनि बिस्व सामु परिचित गराउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका खेल्नु पर्छ भन्दै “माया लाउँ भन लाउंला नभन” नामको साथमा बजारमा आएको लाली बुढाथोकीको यस गीतमा बरिष्ट गायक खड्ग गर्बुजा र लाली बुढाथोकीको सुमधुर स्वर सुन्न सकिन्छ ।
खड्ग गर्बुजको लय तथा शब्द सृजनाले सजिएको यस गीतलाई सुन्दा लाग्छ, हामि आफ्नै गाउँ वस्ती कुना कन्दरामा छौं , त्यहि भिर पाखा उकाली ओरालीको झल्को दिलाउने यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा बिनोद श्रेष्ठ र दिलकुमारी राम्जाली गर्बुजाको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसेले र सम्पादन सुजन शाहीले गरेका छन् 
भिडियो हेर्न यहाँ लिंक खोल्नुहोस्  ,,,,,,

छोटो समयमा निकै चर्चा बुतुल्न सफल सर्जक तथा मोडल नरेश बोहराको एक हप्तामा २ ओटा गीत सार्बजनिक (भिडियो सहित )



रामु जि.सी.कमल,२०७१ साल बाट गीत संगित मा लागेका नरेश बोहरा को शब्दमा रहेका नयाँ लोकदोहोरी गीतहरु धमाधम बजारमा आइरहेका छन ।
उनले आफ्नो अभिनय र लेखक आज गिरे तिम्रो नजर सागीतिक क्षेत्रमा प्रवेश गरेका बोहोरा छोटो समयमै सबै माझ लोकप्रिय बनेका छन ।
लाहुरे जिवन बिताईरहेका चर्चित सर्जक नरेश बोहोराको शब्द श्रृजनामा बिल्कुलै नयाँ लोक दोहोरी गित सुन झै मायाले भर्खर मात्र सार्वजनिक भएको छ । यहि हप्ता मात्रै बजारमा आएको गितले राम्रो चर्चा पाएको गितका सर्जक तथा लेखक बोहोराले हामीलाई बताए ।
गितमा प्रेम प्रेमिका बिचको संवादलाई निकै मर्म स्पर्षी रुपमा प्रस्तुत गरिरएको छ । बोहोरा भन्छन् आजभोली माया प्रेम सामान्य जस्तै भएको छ । यसलाई शब्दमा उनेर गितको रुपमा प्रस्तुत गरेका छौं आशा छ दर्शक श्रोताले माया गर्ने छन् ।
राजु सापकोटा र रेजिना कान्छीको आवाज रहेको छ भने शब्द नरेस बोहराको लय दीपक छेत्री रहेको छ । गीतमा अभिनय राजु एन्जल र निर्देशन दुर्गा बिरहीले गरेका छन् साथै गितलाई उत्पादक बितरक आत्मा बिस्वास फिल्मस् प्रा.लि ले गरेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस


जापान बाटै प्रकाश कंडेलले आफ्नो मायालुलाई दिने भय "सिन्दुर" (रेकर्दिङ्ग सकियो)

जापानको  तोकियो सहरमा गीत रेकर्दिङ्ग गर्दै बाग्लुङ्ग बिंहूका युवा गायक प्रकाश कंडेल 

 रामु जि.सी.कमल, करिब ७/८ वर्ष पहिला देखि निकै चर्चित पन्चेबाजाको गीत  "मायालाई आफ्नो थान्दानी" बाट सांगेतिक यात्रा तय गर्नु भयका सदाबहार गायक तथा संगीतकार बाग्लुंग कठेखोला गाँउपालिका बिंहूका #प्रकाश_कंडेल ले फेरी प्रबाश बाटै अर्को पृथक र मार्मिक पन्चेबाजा ल्याउन लागेका छन्
गीत निकै उत्कृष्ठ र पृथक बनेको बताउने कंडेलको अब आउने गीतको रेकर्दिङ्ग को कम सबै सकियको जानकारी पनि दिनुभयो !!!
जापान जस्तो ब्यस्त सहर मा रहेर पनि लोक गीत संगीतमा  सदाबहार लागि पर्नु हुने कंडेललाई हार्दिक बधाई तथा शुभकामना संगै उहाको पहिलो गीति एल्बम
 #मायालाई_आफ्नो_थान्दानी  भिडियो सहित

Saturday, December 16, 2017

मीना गर्बुजा र रीना थापा मगरकि छोरी भयकै कारण ढाँटन नसकेको भनि बजार भरि चर्चा (भिडियो सार्बजनिक )



रामु जि.सी.कमल  साउदी अरब , लोक तथा दोहोरी गायिका मीना गर्बुजा मगरले “मगरकी छोरी म त ढाँट्न आउँदैन”बोलको दोहोरी गीत बजारमा ल्याएकी छिन् । गीतमा गायिका मीना स्वयं र गायक राजु गुरुङले स्वर दिएका छन् ।
चर्चित सर्जक शिव हमालको शब्द रहेको गीतको लय भने राजु गुरुङले बनाएका हुन् । गीतको थेगो शिव सुवेदीको हो । दिदीबहिनी इन्टरटेन्मेन्ट म्यूजिक प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोमा राजु गुरुङ र रिना थापामगरले अभिनय गरेका छन् ।
साई भिजन प्रालिले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने राजेश घिमिरेको छायांकन र विष्णु शर्माले सम्पादन गरेका हुन् । गायिका मीनाले यसअघि थुप्रै सालैजो तथा झ्याउरे एवं दोहोरी गीतमा स्वर दिइसकेकी छिन् ।
गायिका मीना गर्बुजा बहुचर्चित  बरिष्ठ सर्जक गायक तथा संगीतकार खडका गर्बुजाकि धर्मपत्नी हुनुहुन्छ साथै  उक्त भिडियो मा अहिलेकी बहुचर्चित मोडेल रीना थापा मगर र उनै गायक सर्जक तथा संगीतकार राजु गुरुङ लगायत को अभिनय देख्न सकिन्छ, भने गीत NITA PUN MAGAR को युटुब च्यानल बाट बजारमा सार्बजनिक गरियको छ।
युट्युबमा हेर्नका लिंक :



सुर्य खडका र दीपक कंडेल सोना के.सी,लाइ खोज्दै टोक्यो रोधीघरमा पुगेपछि भयो हंगामा (भिडियो सहित)





मायाको लागि धाउदै छन् परदेशी गायक सुर्य खड्का टोकियोको रोदीघर ?हेर्नुहोस भिडियो सहित बिगत लामो देखि जापान बस्दै आयका सुर्य खड्का लै नचिन्ने सायद कमै होलान।
बिदेश गैसके पछि आफ्ना सांगीतिक कोसेली पस्कन सुरुगरेका खड्का छोटो समयमानै लाखौ दर्शकको मन मा बस्न सफल भयका छन्



यसै क्रममा भर्खरै मात्र गायक खड्काले आफ्नो नया सांगीतिक कोसेली तोकियो को रोदिघरैमा बजारमा ल्यायक छन्। बिगतका प्रस्तुति जस्तै यसलाई पनि माया गरिदिन दर्शक स्रोतालाई आग्रह गरेका छन्।यो गीतमा गायक खड्कालाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकि छन्।
 सुर्य खड्का को पहिलाको  YOUTUBE CHANNEL बिग्रियको कारण नया  आफ्नै YOUTUBE CHANNEL बाट अपलोड गरिएको छ साथै  SUBSCRIBES गरिदिनु हुन अनुरोध पनि गर्दछु 
गीत पृथक र रमाइलो पाराको छ भने गीतको म्युजिक भिडियोमा सुर्य खड्का सोना के.सी. लगायत सचिन छन्द र दीपक कंडेलको पनि अभिनय देख्न सकिन्छ ,,..

टोकियोको रोदिघरैमा को भिडियो हेर्नका लागि तलको लिङ थिच्नु होला 



चर्चित गीतकार तथा सर्जक नारायण कंडेलले जापान बाटै सीता श्रेष्ठलाइ हाँसी हाँसी दिए बिदा (भिडियो सहित)



कृष्ण कंडेल बाग्लुङ्ग , पञ्चेवाजा र बसन्त थापा भने पछि एक प्रकारको नयाँ पन हुनु स्वभाविक जस्तो लाग्न थालेको छ । यसको अर्थ यो पनि हो कि बसन्तको सिर्जना मुटुनै छुने खालको हुन्छ ।  पछिल्लो समय सार्वजनिक भएको हाँसी हाँसी एउटा त्यस्तो गीत छ जहाँ गीत मात्र होइन सन्देश पनि दिन खोजिएको छ । मायामा विछोड हुँदा पनि अरुको खुसिको लागी त्याग गर्न सक्नु पर्छ भन्ने सन्दे सो गीतमा समेटिएको छ ।
गीतको सबैभन्दा उत्कृष्ट पक्ष भनेको शव्द रहेको छ । जुन प्रत्यक शव्द मन छुने रहेका छन । जापानमा रहेर पनि नेपाली गीत संगीतम निकै लोकप्रिय सर्जक नाराण कँडेलले यो गीतमा शव्द सिर्जना गरेका छन । कँडेलले निकै कम तर उत्कृष्ट सिर्जना गर्ने गर्दछन । साथैमा गीतको भिडियो पक्ष पनि प्रसंसा गर्न लाएक छ । ओवि रायमाझी र रञ्जिता गुरुङले जिवन्त अभिनय गरेका छन
बसन्त थापाको लय सिर्जना रहेको सो गीतमा बसन्त थापा र सिता श्रेष्ठको सुमधुर आवाजले गीतलाई अझ राम्रो बनाएको छ । सिता श्रेष्ठ पछिल्लो समय गीत संगीतमा निकै चर्चा कमाउदै गइरहेकी छन भने उनको आवाजमा पनि दम रहेको जानकारहरु बताउछन ।
बसन्त थापाको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस


प्रेम सोनुले जापान बताई पूर्णकला बि.सी. लाइ आँशुको मूल्य मागेपछि निकै चर्चामा (भिडियो सहित)



लगनको मैना शुरु भए लगत्तै नेपाली सांगीतिक बजार पन्चेबाजाका गीतहरू ले तात्तियको छ । विशेष गरि बैबाहिक सम्बन्ध गास्नको लागि बर्ष भरिमा मंसिर लाई उपयुक्त महिना मानिन्छ । कतिले आफुले मन परायको मायालु लाई जीवन भरको लागि पाउछन् भने कतिले जीवन भरकै लागि गुमाउछ्न यो बेला यस्तै खुशी र दु:ख का भावनाहरुलाइ समेटेर कलाकार हरुले गीत बनाउछ्न् ।
एक प्रेम जोडि ले आफ्नो प्रेम गुमाएको कथामा आधारित हरि शर्मा को पन्चेबाजा गीत आसुको मुल्य सांगीतिक बजारमा सार्बजनिक भएको थियो।प्रेम सापकोटा सोनु र पुर्णकला बिसि को सुमधुर स्वर मा रहेको यश गीतको भाका गायक तथा सर्जक प्रेम ले बनाएका हुन भने किस्ना आचार्य रोशनी को शब्द सिर्जना रहेको छ ।
कपिल लामा ले निर्देशन गरेको आसुको मुल्य म्युजिक भिडियो लाई राजेश घिमिरेले खिचेका हुन भने सुजन शाही ले सम्पादन गरेका छ्न । हमाल म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको यश गीतको म्युजिक भिडियो मा महेन्द्र गौतम ,रन्जिता गुरुङ र हरि शर्मा को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस यश गित को भिडियो


Tuesday, December 12, 2017

को हुन नरेश बोहरा जो ईण्डियन आर्मी बाटै संगीतमा जम्दैछन..????

प्रदेश बाटै संगीत लै बुझ्ने र निकै चर्चामा आउन सफल गीतकार तथा सर्जक एवं मोडेल नरेश बोहरा 




बागलुङ  रायडाडा  को माटोमा जन्मिएका नरेश बोहोरा इन्डेन आर्मिमा जागिरे हुन। आर्मिको जागिरे भए पनि नेपाली सगित छेत्रमा नयाँ नयाँ  गीत सगित  बजार मा ल्याएका छन ।
उनले बजारमा ल्याएका गितहरुले दर्सक हरु को मन जित्न सफल भएका बताउछ्न
उन को सगित यात्रा २०७१ साल देखि सुरु भएको हो।
उनले आज गिरे तिम्रो नजर मा बाट अभिनय र लेखन मा पर्बेस गरेका थिए ।


निक्कै ब्यस्त देखिरहने मोडल तथा सर्जक नरेस बोहोरा  को  दुखीले पनि  सार्बजनिक भएको छ।माया प्रेम को  बस्तुमा आधारित गित दुखी हो। नरेश बोहोरा प्रस्तुति रहेको गित मा शब्द  लय  नरेश  बोहोरा कै  र तेथो सपना पुन को रहेको छ। आवाज चर्चित गायक पुस्कल शर्मा र देबि घर्ती  को रहेको छ।बिक्रम चौहानको निर्देशन प्रकाश खडका  र मुकेस हुमागाई   छायांकन मिलन बिक नि सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिरको र टीका जौसी  अभिनय देख्न सकिन्छ भने गित बजारमा a one  म्युजिकले ल्याएको छ।

भिडीयो बजारमा आको छ तलको लिंक खोलेर हेर्hनुहोला
https://youtu.be/7JUia3dvWj8


Monday, November 27, 2017

ताराखोलाकी खिमा रोकाले आफ्नै गाउठाउको आलु मिठो भनेर गायको गीत निकै चर्चामा ( भिडियो सहित )

मङ्सिर लागे संगै बिबाह अनि पन्चे बाजाका धुन संगै गित हरु बजारमा आउने क्रम बढिरहेको छ।एस्को एउटा उदाहरण हो “मर्ने चोलाको” बागलुङको ताराखोलामा आलु प्रचलित ठाँउलसि समेटेर तयार गरिएको गितमा वसन्त थापाको लय शब्द रहेको छ।वसन्त थापा अनि खिमा रोकाको आवाज रहेको गितलाइ प्रकाश भट्टले निर्देशन करन चैसिरले छायांकन बिश्नु शर्माले सम्पादन गरेका छन भने नृत्य प्रकाश भट्ट दुर्गेश थापा करिश्मा ढकाल र टिनाको देख्न सकिन्छ।बागलुङको ताराखोला 2 मा जन्मिएकी गाइका खिमा रोकाको प्रस्तुति रहेको गितलाइ अभ्यास डिजिटलले बजारमा ल्याएको छ भने वसन्त थापाको युट्युब बाट सार्बजनिक गरिएको छ।गितलाइ बाग्लुङको अर्गल अनि हरिचौरमा छायांकन गरिएको हो
मङ्सिर लागे संगै बिबाह अनि पन्चे बाजाका धुन संगै गित हरु बजारमा आउने क्रम बढिरहेको छ।एस्को एउटा उदाहरण हो “मर्ने चोलाको” बागलुङको ताराखोलामा आलु प्रचलित ठाँउलसि समेटेर तयार गरिएको गितमा वसन्त थापाको लय शब्द रहेको छ।वसन्त थापा अनि खिमा रोकाको आवाज रहेको गितलाइ प्रकाश भट्टले निर्देशन करन चैसिरले छायांकन बिश्नु शर्माले सम्पादन गरेका छन भने नृत्य प्रकाश भट्ट दुर्गेश थापा करिश्मा ढकाल र टिनाको देख्न सकिन्छ।बागलुङको ताराखोला 2 मा जन्मिएकी गाइका खिमा रोकाको प्रस्तुति रहेको गितलाइ अभ्यास डिजिटलले बजारमा ल्याएको छ भने वसन्त थापाको युट्युब बाट सार्बजनिक गरिएको छ।गितलाइ बाग्लुङको अर्गल अनि हरिचौरमा छायांकन गरिएको हो


हेर्नुहोस भिडियो


Saturday, November 25, 2017

पहिलो चरणको निर्वाचनको मतदान जारी

मंसिर १०, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भइरहेको छ । 
मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान भइरहेको छ । प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र छन् । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् । ती जिल्लामा दुवै सभाको समानुपातिक सिटका लागिसमेत मतदान भइरहेको छ ।
संविधानअनुसार प्रतिनिधिसभाको क्षेत्र संख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्याअनुसार निर्वाचन क्षेत्र सीमा निर्धारण गरेको थियो । २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन भएको मौका छोपेर ०५९ असोज १८ गते शासकीय अधिकार आफ्नो हातमा लिएका थिए । यही अवधिमा दोस्रो जनआन्दोलन भयो, आन्दोलनमा रहेका ७ दल र सशस्त्र द्वन्द्व गरिरहेका माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा ०६३ वैशाख ११ गते ०५९ सालमा विघटित प्रतिनिधिसभा पुन:स्थापना गरी शासकीय अधिकार जनतामा फिर्ता भयो । १० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । संवैधानिक राजतन्त्रबाट मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो । ०६४ र ०७० सालमा दुइटा संविधानसभा निर्वाचन भए । संविधानसभालाई नै व्यवस्थापिका संसदको काम गर्ने अधिकारसमेत थियो । मधेस आन्दोलनको जगमा मुलुकले संघीय शासन व्यवस्था स्वीकार गर्‍यो ।
०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तह छन् । ०५९ असारयता जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा पनि यही वर्ष निर्वाचन सम्पन्न भइसकेको छ । पुन:संरचनापछिको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेका छन् । 
यति बेला संघ (केन्द्र) सरकारका लागि प्रतिनिधिसभा र प्रदेश सरकारका लागि प्रदेशसभाको निर्वाचन भएको हो । दुवै सभाको निर्वाचन एकैसाथ हुँदैछ । प्रतिनिधिसभा तथा स्थानीय संरचना यसअघि पनि रहेको र निर्वाचनसमेत भएका थिए । तर प्रदेशको संरचना र त्यसको निर्वाचन नेपालका लागि बिल्कुल नौलो हो । संविधानले देशभर ७ वटा प्रदेश बनाएको छ । 
संविधानले आगामी माघ ७ भित्र संघीय संसद् निर्माणको परिकल्पना गरेको छ । 

परिचयपत्र नभए विकल्प

आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक व्यवस्था मिलाएको छ । प्रमुख आयुक्त यादवले त्यस्ता मतदाताको हकमा मताधिकार सुनिश्चित गरिएको बताए । आयोगले ०७० सालको संविधानसभामा प्रयोग भएको पुरानो मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक परिचयपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट जारी भएका फोटोसहितको परिचयपत्रलाई मान्यता दिने जनाएको छ । 
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन् । उनले मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानुनबमोजिम सजायको भागी हुनुपर्नेसमेत बताए । 

तीनवटा मतपत्र, ४ छाप

यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुइटै सभाको मतपत्र रहेको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसीले चिह्न छापिएका मतपत्र र प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको मतपत्र हुनेछ । समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभातर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभातर्फ भाग लिएका दलहरूको निर्वाचन चिह्न रहने छ । 
तीनवटा मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाउने छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने छन् ।


http://bit.ly/2A6x6I7

४ नम्बर प्रदेशका कुन–कुन जिल्लामा चुनाव हुँदैछ ?

काठमाडौं, मंसिर १० – प्रदेश नम्बर चारका छ वटा जिल्लामा आइतबार चुनाव हुँदैछ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् ।
मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा पहिलो चरणमा चुनाव हुने भएको हो । बाग्लुङ र गोरखामा दुई दुई तथा अरु जिल्लामा एक एक गरि ८ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नम्बर चारमा जम्मा १५ लाख ६८ हजार ९ सय २४ जना मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना मतदाता छन् ।
दोश्रो चरणमा आउँदो २१ गते १० लाख ५ हजार ९ सय जना मतदाता सहभागी हुन पाउने छन् । प्रदेश नम्बर चारका १ हजार २ सय ४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यी मध्ये ५ सय ७६ मतदान स्थलका ८ सय १७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।



प्रदेश नम्बर चारमा पहिलो चरणमा चुनाव हुने आठ वटा निर्वाचन क्षेत्रमा ५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको चुनावमा सबैभन्दा कम मनाङ र मुस्ताङमा दुई दुई जना मात्रै उम्मेद्वार छन् ।
सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ८ सय ८१ जना छन् । यहाँ २८ वटा मतदान केन्द्र रहेका छन् । ३७ वटा मतदान केन्द्र रहेको मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् । म्याग्दीमा ७५ हजार ५ सय ३७ मतदाता, ७ जना उम्मेदवार र ७२ मतदानस्थलमा १ सय ६ वटा मतदान केन्द्र रहेका छन् ।

११ जना उम्मेदवार रहेको वाग्लुङमा १ लाख ६७ हजार २ सय ८२ मतदाता र १ सय ३ मतदानस्थलमा १ सय ९९ मतदान केन्द्र रहेका छन् । लमजुङ १ लाख १५ हजार ४ सय १९ जना मतदाता ११ जना उम्मेदवार र १ सय २३ मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र रहेका छन् ।
गोरखामा १ लाख ८९ हजार ४ सय ४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् । गोरखामा २ सय १३ मतदानस्थलमा २ सय ८२ मतदानस्थल रहेका छन् ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान सुरु

काठमाडौं, मंसिर १० – पहिलो चरण अन्तर्गत आज आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ । 
मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पुर्‍याइसकिएको र बिहान सातबजेदेखि मतदान सुरु भएको आयोगले जनाएको छ ।
आयोगले हरेक मतदान केन्द्रमा ९ देखि १२ जना कर्मचारी खटाएको छ । २ सय ५० जना मतदाता भएको केन्द्रमा ९ जना, ५ सय सम्म मतदाता भएको केन्द्रमा १० जना र ५ सय भन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको छ ।
पहिलो चरणमा चुनाव हुने क्षेत्रमा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा २ सय ८२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर १ मा ६२ जना, ३ मा ९७ जना, ४ मा ५० जना, ५ मा १४ जना, ६ मा ३९ जना र प्रदेश नम्बर ७ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेशसभाका लागि ७२ निर्वाचन क्षेत्रमा ४ सय २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको आयोगले जनाएको छ । २ हजार ९ सय १९ मतदानस्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् । 
कुन प्रदेशमा कति मतदाता ?

प्रदेश नम्बर– १

पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ । पहिलो चरण अन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर र संखुवासभामा चुनाव हुँदैछ ।
यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभाका लागि दुई/दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । दोश्रो चरणमा आउँदो २१ गते सात जिल्लाका २१ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।
प्रदेश नम्बर एकमा २९ लाख ९३ हजार ७ सय ७४ जना मतदाता छन् । यसमध्य पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ७ लाख १९ हजार १ सय ७६ जना मतदाता रहेका छन् । दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा २२ लाख ७४ हजार ५ सय ९८ जना मतदाता छन् । प्रदेश नम्बर एकका १ हजार ८ सय ६१ वटा मतदान स्थलमा ३ हजार ७ सय ४३ वटा मतदान केन्द्र रहेका छन् । यी मध्ये ६ सय ९६ मतदानस्थलका १ हजार २५ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर–३

प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरण चुनाव हुँदैछ ।
प्रतिनिधिसभाका लागि नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा दुईरदुई वटा निर्वाचन क्षेत्र रहेका छन् । रसुवा, दोलखा र रामेछापमा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् ।
यो प्रदेशमा जम्मा ३० लाख ७४ हजार ३ सय ८४ मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा १० लाख १ हजार ४० मतदाता छन् । २० लाख ७३ हजार ३ सय ८४ जना मतदाता दोश्रो चरणमा चुनाव हुने क्षेत्रका हुन् । प्रदेश तीनमा १ हजार ७ सय ८० वटा मतदान स्थलमा ३ हजार ७ सय ८५ वटा मतदान केन्द्र छन् । यीमध्ये ६ सय मतदान स्थलका १ हजार २ सय ४६ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर–४

प्रदेश नम्बर चारका ६ वटा जिल्लामा चुनाव भैरहेको छ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा चुनाव हुँदैछ । बागलुङ र गोरखामा दुई/दुई तथा अन्य जिल्लामा एकरएक गरी ८ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भैरहेको छ ।
यो प्रदेशमा जम्मा १५ लाख ६८ हजार ९ सय २४ जना मतदाता छन् । यीमध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना र दोश्रो चरणमा चुनाव हुने क्षत्रमा १० लाख ५ हजार ९ सय जना मतदाता रहेका छन् ।
प्रदेश नम्बर चारका १ हजार २ सय ४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ५ सय ७६ मतदान स्थलका ८ सय १७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर–५

प्रदेश नम्बर पाँचका रुकुम पूर्वी भाग र रोल्पामा पहिलो चरणमा चुनाव हुँदैछ । यी जिल्लामा दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा सबैभन्दा कम क्षेत्र पनि प्रदेश नम्बर पाँचमै छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् ।
यो प्रदेशमा २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा १ लाख ५५ हजार ५ सय ५७ जना मतदाता छन् । यो प्रदेशमा १ हजार ६ सय १२ वटा मतदान स्थलमा ३ हजार ३ सय ६८ वटा मतदान केन्द्र छन् । यसमध्य पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलमा २ सय २ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–६

प्रदेश नम्बर ६ का सातवटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । यो प्रदेशमा १० वटा जिल्लामा १२ वटा मात्रै निर्वाचन छन् । यीमध्ये रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव भैरहेङ्को हो ।
यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् । सल्यान, सुर्खेत र दैलेखमा भने दोश्रो चरणमा चुनाव हुनेछ । बाँकी जिल्लामा ५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ६ मा जम्मा मतदाता ८ लाख ४६ हजार ९ सय ४१ जना छन् । यीमध्ये ३ लाख ६८ हजार २ सय ७ जना पहिलो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । ५ सय ११ वटा मतदान स्थलमा ६ सय ४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर ५ का ८ सय ९६ वटा मतदान स्थलमा १ हजार २ सय ४३ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–७

प्रदेश नम्बर ७ का चार वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा चुनाव भैरहेको  हो । यी जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र छन् ।
बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणमा ३ लाख ८४ हजार ९ सय ४१ जना मतदाताले भोट हाल्न पाउने छन् । प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६ सय ७३ जना मतदाता रहेका छन् । प्रदेश नम्बर ७ का १ हजार १ सय ९ वटा मतदान स्थलमा १ हजार ९ सय वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ४ सय २५ मतदान स्थलका ५ सय ७१ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुनेछ ।

पोल्याण्ड बाट नेत्र कंडेलले बहुचर्चित गायिका देखी तिम्रो कारण "आशु झर्यो" भनि गुनासो गरेपछि ( हेर्नुहोस भिडीयो)


रोजगारीमा पछिल्लो समय बिदेशिने र धन कमाउने अनि खुसियालीका साथ आफ्नै देशमा रमाउने सपना बोकि  प्रदेशियका बाग्लुङ्गका नेत्र कंडेलले आफ्नै भाई संगीत शर्माको मातहतलाई आधार बनाई बहुचर्चित गायिका देवी धर्ति मगरको कारण "आशु झर्यो" भन्ने नामक एल्बम बजारमा ल्याएका छन ..!!
प्रदेश जस्तो भुमिमा पनि लोक गीत संगीत र कला संस्कृति साहित्यलीई माया गर्ने नेत्र कंडेल पोल्याणड बाटै गायनमा लागेको बताउछन  बाग्लुड्ंगमा जन्मेको नेत्र ले अहिले पछिल्लो समय जापान देखी गीत संगीतलाई निकै माया गर्दै चर्चा कमाउन सफल संगीत शर्माको शब्द  सृजना मा आफ्नो र देवी घर्तीको सुमधुर स्वरमा महालक्ष्मी म्यजुक प्रा.लि. बाट बजारमा निकै मन छुने र मार्मिक लोक दोहोरी गीत पस्केका छन..!!
जस्मा अभिनय अहिले निकै चर्चामा रहेका मोडेल रन्जिता गुरुड्. र स्देश लामाको रहेको छ 
गीतको सबै पक्ष निकै मिठो र मार्मिक छ सबै टिमलाई  हाम्रो तर्फ बाट हार्दिक सफलताको शुभकामना...!!
गीत हेर्न तलको लिकं खोल्नुहोला है ..!!








Tuesday, November 21, 2017

New nepali Panche baja 2074|2017 Aanshu ko Mulya By Prem Sapkota "Sonu" & Purna kala B.C.





हार्दिक बधाई तथा सफलताको लाखौ लाख शुभकामना दियर








Friday, August 25, 2017

नेपाल आइडलबाट सुजाता पाण्डेय बाहिरिइन्, यस्तो छ बुटवलदेखि टप फाइभसम्मको यात्रा

काठमाडौं, भदौ ९ – चर्चित नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट टप फाइभमा पुगेकी आइडलकी एक्ली छोरी भनेर चिनिइने सुजाता पाण्डेय बाहिरिएकी छन् । तिलोत्तमा, रुपन्देहीकी २१ वर्षकी सुजाता बुटवल अडिसनबाट नेपाल आइडल प्रतियोगितामा प्रवेश गरेकी थिइन् । बिहीबार भएको प्रदर्शनका आधारमा दर्शकबाट कम भोट प्राप्त गरेकाले सुजाता बाहिरिएकी हुन् । 

अरुणा लामा, तारादेवी र मेलिना राईका गीत गाउन मन पराउने सुजाताले बुटवलकै बागेश्वरी संगीतालयबाट संगीत सिकेकी थिइन् । सानैदेखि गीत संगीतमा रुचि राख्ने उनी विद्यालयका कार्यक्रममा भाग लिने गर्थिन् । उनले सुरेश सेन्चुरीसँग शास्त्रीय गायन सिकेकी थिइन् ।
अडिसनमा सुजाताले ‘मेरो पाउमा आज कोही पाउजु बाँध’ र ‘ठमेल बजार’ बोलको गीत गाएकी थिइन् । तर अडिसनको दिन निर्णायकमध्येका एक न्हयू बज्राचार्यले सुजातालाई झुक्काएका थिए । उनले अर्काे राउण्डमा लैजान नसकिने भनेर झुक्काएका थिए । कुटुमा कुटुलगायतका गीत गाउँदै आएकी सुजाताको नेपाल आइडलको यात्रा आजबाट टुंगिएको छ ।
सुजाता पाण्डेयलाई बज्राचार्यले ‘टिकट पाएनौ भने कसलाई दोष दिन्छौ’ भनेर प्रश्न गरेका थिए । सुजातालाई भने आफू अर्को चरणमा प्रवेश गर्नेमा ढुक्क भए पनि निर्णायकको कुरा सुनेपछि उनका आँखा रसाएका थिए । उनले आफू अडिसनबाट बाहिरिए आफ्नै तयारी नपुगेको सम्झने बताएकी थिइन् । तर पछि उनीसँग इन्दिरा जोशी र बज्राचार्यले मजाक गरेका रहेछन् भन्ने कुराको खुलासा भयो । 
त्यसपछि हरेक प्रस्तुतिबाट दर्शकको मन जित्न सफल सुजाता नेपाल आइडलको टप फाइभसम्मको यात्रामा रहँदा सबैको माया जित्न सफल भइन् । उनी दर्शकको मात्रै होइन्, आफ्नै प्रतिष्पर्धी प्रतियोगीसँग पनि उनको सम्बन्ध निकै नै राम्रो थियो । प्रत्येक एपिसोडमा आफूलाई निखार्दै लगेकी सुजाता नेपाल आइडलबाट बाहिरिए पनि गीत संगीत क्षेत्रबाट बाहिरिने छैनन् ।
गत हप्ता सुरज थापा बाहिरिएपछि सुजाताले फेसबुकमा लेखेकी छन्, ‘म नेपाल आइडलको उत्कृष्ट ५ मा परेको भन्दा दोब्बर दुःख आदरणीय दाई सुरज थापा बाहिरुनुमा छ । के गर्नु दाइ आइडलको नियम नै यस्तै छ । उज्जवल भविष्यको कामना दाइलाई ।’ त्यस्तै सुजाताले जनताको भोटले सुरज थापा आइडल नबने पनि गायन कलाको हिसावले उनी पनि नेपाल आइडल भएको कुरा फेसबुकमा लेखेकी थिइन् । 
एउटा उपाधि हात नपारे पनि उनको उज्जवल सांगीतिक भविष्य तय भएको छ । गत हप्ता बाहिरिएका सुरज थापा, नेपाल आइडलबाट बाहिरिएकी मेनुका पौडेलको प्रस्तुतिले दर्शकलाई भावुक बनाएको थियो । सुरज थापाले त अघिल्लो हप्ता नै रुवाइसकेका थिए, शुक्रबार रुवाउने पालो थियो सुजाताको । कसैको सम्पूर्ण प्रतिभा केवल  एउटा प्रतियोगिताबाट मुल्यांकन गर्न सकिँदैन । यो त प्रतियोगिताको नियम हो कि एकजनालाई आइडल बनाउनुपर्ने ।
नेपाल आइडलमा यस अघि नै बाहिरिएका प्रतियोगीहरु नेपाली सांगीतिक क्षेत्रमा स्थापित नामसमेत पनि छन् । कोही स्थापित हुने क्रममा छन् । धेरै प्रतियोगीहरु नेपाल आइडलबाट बाहिरिए पनि स्टेज प्रोग्राममा व्यस्त भएका छन् । 
शुक्रबार अतिथि निर्णायकका रुपमा आएका गायक रामकृष्ण ढकालको उपस्थितिमा भएको सांगीतिक माहोलमा थुप्रै सम्झनलायक कुरा पनि भए । मञ्चबाट ढकालले मेनुका पौडेलसँग युगल गीत गाउने वाचा गरेका छन् । रामकृष्ण ढकालले भने झैँ नेपाल आइडलमा जसले जिते पनि बाहिर त खुला बजारमा प्रतिष्पर्धामा सबै उत्रनुपर्नेछ । त्यसैले सुजाता पाण्डेय पनि नेपाल आइडलबाट शुरु भएको छ । उनीबाट नेपाली सांगीतिक क्षेत्रको विकासका लागि धेरै कुरा आशा गर्न सकिन्छ । 
अब नेपाल आइडलमा प्रताप दास, निशान भट्टराई, सागर आले र बुद्ध लामा बाँकी रहेका छन् । आउँदो हप्ता एक जना प्रतियोगी नेपाल आइडलबाट बाहिरेनेछन् । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारको दोहामा हुने आयोजकले जनाएको छ । फिनालेमा तीन जनाका साथै टप १२ मा पर्न सफल सबै कलाकार कतारको दोहामा जानेछन् ।

Thursday, August 24, 2017

बहुचर्चित प्रदेशी सर्जक दीपक कँडेलकी छोरीले अर्का बहुचर्चित गायक सर्जक संगीतकारको "जापानीज रेल" गीत गायर चकित पारिन (भिडीयो सहित)

हुने बिरुवाको चिल्लो पात भनेझै  सर्जक दीपक कँडेल की छोरी दीपिका कँडेलले   सबैलाई चकित पर्ने गरि  आफ्नो आवाजमा "जापानीज रेल"  तीजको गीत गायकी छन्

पक्षिल्लो समय निकै चर्चामा आयको तीज गीत जापानीज रेल नामक गीत प्रदेशमै रहेर गीत संगीत र आफ्नो कला गालालाई नेपाली समाजमा  निकै नाम  चर्चामा चुल्याउन सफल बहुचर्चित सर्जक गायक तथा संगीतकार प्रेम सापकोटा सोनु को तीजी एल्बम हो
नानु को यो कलाले सामाजिक संजालमा निकै चर्चामा रहेको छ बिसेष त के  भने नानु हाल ५ वर्ष मात्रै भयकि छन् भने नानुको बुबा दीपक कंडेल हाल लोकसंगीतमा निकै अब्बल सर्जक भनेर चिनिनु हुन्छ। यस प्रस्तुतिले  सबैले नानुको भाबिस्येमा राम्रो कलाकार बन्ने पक्का भनि सामाजिक संजालमा  निकै चर्चा भैरहेको छ....
नानुको प्रतिभाले हाम्रो तर्फबाट उज्वोल भबिस्यको कामना गर्दछौ
उनै नानु दीपिका कंडेलको अति मिठो प्रस्तुति भिडियो क्लिक गर्नुहोस    ........

प्रदेश बाटै नरेश बोहरा र प्रकाश पौडेलले आफ्नो आफु मारेर गयापानी जन्मभूमिकै पानि पिउन पाउ भन्दै गाउ सम्झिय ( भिडियो सहित)





खेरा, भन्ज्याङ,चौतारी ,उकाली- ओराली, खोलानाला,मठमन्दिर आदिलाई मष्तिस्कमा कैद गरि गरिबिको झोला बोकेर बिदेसिनु पर्ने बाध्यता हामी सबैमा छ। जन्म भुमिको माया के हो त्यति बेला मात्र थाहा हुदो रैछ जतिबेला १५ घण्टा पसिनाले शरीर निथ्रुक्क भिज्छ ।। हो यिनै कुरालाई समेटेर कामको शिलशिलामा दक्षिण कोरीयापुगेका मेरो प्यारो साथी प्रकाश पौडेल अनि म नरेश बोहोराको सँयुक्त प्रयासमा प्रत्येक शब्दलाई पन्चेबाजामार्फत समेटिए को छ

बा न पा ११ रायडाडा ८ मा जन्मनु भएका सर्जक एबम मोडेल नरेस बोहोरा सानै उमेर देखि गित गाउने लेख्ने अनि अभिनय गर्न रुचाउने ब्याक्ती हुन बोहोरा छोटो समय नै सबै दर्सक श्रोता को मन मुटुमा बस्न सफल सर्जक एबम मोडल हुन

आफू जन्मेको ठाउँ लाई समेटिएरा बनाईए को पन्चे बाजा गीत जन्मे हुर्के रायडाडा आज मात्रै मुजिक नेपाल कम्पनी बाट सार्वजनिक भएको हो

चचित गायक बसन्त थापा र जुना श्रिष को आबाज ले भरिएको एस गितमा नरेस बोहोरा को शब्द छ भने गितको थेगो प्रकाश पौडेल को रहेएको छ र बसन्त थापाको लय मा रहेको गितको निर्देशन प्रेम थापाले गरेका हुन ।भने गितको छायांकन करन चैरेसीले गरेका छन ।भने गितको सम्पादक नवीन घर्ति मगरले गरेका छन। गितको अबिनय स्वयम् सर्जक नरेश बोहरा लेगरेका छन भने भिडियोमा साथ दिएकि छन चरचित मोडल अञ्जली अधिकारीले ।

गितको बजार ब्याबस्थापन हमला म्युजिक प्रा.लीले गरेको छ।


यश गीत मा आफू जन्मेहुर्केको ठाउलाई आफ्नो ज्यान भन्दानी प्यारो बन पाखा साथी भाइ सग सगै डुलेको काफल चुत्रो ऐसेलु खाएको अनि मुल को चिसो पानी खादा प्यास मेटेको

बाध्यता ले जहाँ जुन जस्तो अबस्थामा भए पनि जन्मे हुर्के को ठाउँ रायडाडा लाई भुल्न न सकेको बोहोराले गीत मा समाबेस गरेका छन

मर्ने बेला मापनि एक घुडकी पानी तेहि गाउँ को मुल को होस फुलमाला पनि लास मा आफनै गाउको होस यस्तै मार्मिक शब्द ले भरिए को पन्चे बाजा जन्मे हुर्के रायडाडामा गीत मा भरिए को छ।

गितको सफलताको शुभकामना सम्पुर्ण टिमलाई

Saturday, August 19, 2017

जापानमा पहिलो तीज प्रतियोगिता २१ अगष्ट २०१७ चर्चित तथा नबप्रतिभावान कलाकारहरुको बेजोड प्रस्तुति रहने (प्रोमो सहित )

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारि जापानमा बस्नु हुने सम्पूर्ण लोक मौलिक तथा संगीत प्रेमी आमा बुबा दाजुभाई दिदीबहिनी हरुलाई लक्षित गरि  युनिक मल्टिमिडिया प्रा लि  ले विभिन्न स्पोन्सर को सहायतामा पहिलो "तीज प्रतियोगीता २०१७"  यहि आउदो  २१ अगष्ट अर्थात् भोलि  जापानिज समय अनुसार ठिक ६:०० साँझ  "टोकीयो रोधी क्लब " को  स्टेजमा बहुचर्चित लोक दोहोरि गायक गायिका हरुको बिसेष प्रस्तुति रहने  छ भने  डर खाने कार्यक्रम पनि रहेको छ 

उक्त तिज प्रतियोगितामा मुख्य आयोजक युनिक मल्टिमिडिया को रहेको छ भने प्रायोजक  सी.बि. टुर्स एण्ड ट्राभल्स , टोकीयो रोधी क्लब , सनराइज प्रोडक्सन, सिन्जुयिउ कम्पोरेसन लिमिटेड ले व्यवस्था गरेको छ 

  बिस्रित जानकारीको लागि तल दियको फोन नम्बरमा सम्पर्क गर्नु होला साथै प्रोमो भिडियोमा पनि जानकारी गरायेको छौ 


पवन बोहरा  ०९०५७९८७५०६ 
सन्तोष बाबु चोखाल  ०८०९८२०४८७० 
चेतन ०८०८८९३५४३३ 
दुर्गा ०९०२६४८९०७९ 
सरोज ०७०१३१८०९८७ 
साथमा 


के तपाइँ झलकमान गन्दर्भ लाई चिन्नुहुन्छ ? उहाँकै जन्मघर बाटुलेचौर, पोखरामा इन्द्रेणी // ०३.०५.०७४

सिधाकुरा टिमलाई घुस दिन खोज्नेको स्टिङ अपरेसन, २ लाख क्यास , एयरपोर्ट भा...

काठमाडौँ । आफु विरुद्दको समाचार प्रशारण नगर्न दवाब दिदै अबैध रुपमा संचालनमा रहेको शैशिक सस्था LCCI Nepal ले ४ लाख पैसा अफर गरिएको छ । सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई आफु विरुद्दको रिपोर्ट सार्वजनिक नगर्न भन्दै त्यो शैशिक सस्थाका व्यक्तिले २ लाख रुपैयाँ दिएका थिए, भने २ लाख पछी दिने अफर गरेका छन् । चर्चित कार्यक्रम सिधाकुरा जनतासंगमा यसबारे विशेष रिपोर्ट हेर्न नछुटाउनु होला ।
लाइभ भिडियो हेर्नुहोस्