बाढि प्रभावितलाई लोकदोहोरी प्रतिष्ठानको राहत
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले रौतहटका बाढि प्रभावितलाई राहत रकम र जिन्सी र खाद्य सामाग्री सहयोग गर्ने भएको छ ।
अध्यक्ष बद्रि पंगेनीको अध्यक्षतामा बसेको केन्द्रिय समितिको आकस्मिक वैठकले केन्द्रि सदस्यहरुवाट संकलित एक लाख रकम र खाद्य तथा लत्ताकपडा सहयोग गर्ने निर्णय गरेको छ । घोषित सहयोग भोली नै रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रभावित परिवारलाई वितरण गरिने अध्यक्ष पंगेनीले जानकारी दिए ।
साथै, बाढि पहिरो प्रभावितहरुलाई सहयोग गर्नका लागि आर्थिक, भौतिक र नैतिक रुपले एक हुन प्रदेश, अञ्चल र जिल्लाका साथै समन्वय समितिलाई आग्रह समेत गरेको छ । त्यस्तै, लोक दोहोरी प्रतिष्ठानमा आबद्ध रहेका तथा शुभचिन्तकलाई सहयोगका लागि अपिल गरिएको छ ।
सहयोग हस्तान्तरणका लागि वर्तमान अध्यक्ष बद्रि पंगेनी, निर्वतमान अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विजी, द्धितीय उपाध्यक्ष रामजी खाँण, महिला सचिब राधिका हमाल लगायतको टोली भोली रौतहट जानेछ ।
No comments:
Post a Comment