Thursday, August 17, 2017

छोटो समयमै निकै सिर्जना गर्ने अब्बल रेशम सापकोटाको यसबर्षको तीजमा २१ ओटा गीत बजार मा (भिडियो सहित)

धवलागिरी अञ्चलको वाग्लुङ जिल्ला बानपा १० मा बाबु टीकाराम सापकोटा र आमा बसुन्धराको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका रेशम सापकोटा बच्चैदेखि गीतासंगीतमा रुची राख्दथे।बाल्यकाल एउटा मध्यम परिबारमा दु:ख र सुखका धेरै तिता र थाेरै मीठा अनुभुतिका साथ बित्याे ।बाहुन परिबारमा जन्मेपछि जपध्यान र पुजापाठमा लिन भए राम्राे मानिन्थ्याे ।उनले समाज र परिबारका निम्ति धार्मिक लाइनको साँघुराे घेरा नताेडिकन पनि अनुशासित तवरले आफ्नो रुचिकाे संगीत बिषयलाई गुपचुप अगाडि बढाइरहे ।छाेराे गिताङे भएर पढाइ बिगार्छ भन्ने अभिभावकलाई ठुलाे डर थियाे । तर उनले गीतसँगीतकाे पेशालाई सँगै लगेर एम कम र एम.ए सिध्याइसके। अझै उनको पढाइ पुरा भएको छैन,डबल डिग्री सकेर पीएचडी गर्ने लक्ष छ उनको ।नेपाली लोक संगीतको क्षेत्रमा गितीकथाको सुरुवात गर्ने सापकोटाले हालसम्म १३५ बढी एल्वमहरु बजारमा ल्याइसकेका छन्।समाजमा घट्ने दुखान्त वा सुखान्त घटनालाइ टपक्क टिपेर आफ्नो गीतमार्फत पस्कन सक्ने खूबी भएका सापकोटा यस बर्षको तीज मा २१/२२ ओटा गीत बजारमा सार्बजनिक भयको छ । 

जस मध्ये  बृद्दआश्रम , भैसी पालना थालियो , तिम्रो पति मेरो पिरती , कसरि हो केटि फकाउने , बुढा बूढी एक्सप्रेस लगायत दर्जनौ गीत आफ्नै शब्द लय निर्देशन र म्युसिक कम्पनी बाट बजारमा पस्किनु भय उनै बहु प्रतिभाका धली मौलिक गीत संगीतका  धरोहर रेशम सापकोटाको पछिल्लो समय निकै चर्चा बटुलेको तिजी गीत बुढा बुढी एक्सप्रेस भिडियो सहित 

No comments:

Post a Comment