Tuesday, August 15, 2017

बाढीको उपद्रोपछि... [फोटोफिचर]

श्रावण ३१, २०७४- यो पटकको भारी वर्षाका कारण पूर्वी जिल्लामध्ये सुनसरी पनि अत्यधिक प्रभावित भयो । खासगरी राजमार्ग दक्षिणका गाउँ अनि महत्वपूर्ण व्यापारिक केन्द्र इटहरी बढी प्रभावित भए । पूर्व-पश्चिम राजमार्ग र कोसी राजमार्गको केन्द्रमा पर्ने इटहरी उपमहानगरपालिकाका सबैजसो घर डुबानमा परे । इटहरीमा मात्रै बाढीमा परेर ८ जनाको मृत्यु भयो भने ६ जना बेपत्ता छन् । टेंग्राहा, बुढीखोला, सुनसरी खोला, सेहरा खोलालगायतमा आएको बाढी गाउँ–बस्ती पसेको थियो । एक तले घर र कच्ची घरहरु पुरै डुबेका थिए । सर्वसाधारणको खाद्यान्न, कपडालगायत धनमाल सबै पानी र लेदोमा डुबेर कामै नलाग्ने भएका छन् । हजारौं विस्थापित भएका छन् । पानी घट्दै गएपछि सर्वसाधारणहरु आफ्ना बचेका सामान खोजिरहेका छन् । घरमा पसेको लेदो सफाइ गरिरहेका छन् । बाढीले गरेको उपद्रोपछि कस्तो अवस्था रह्यो त ? यो अवस्था झल्काउने यी तस्बिरहरु प्रस्तुत गरिएको छ ।











No comments:

Post a Comment