Friday, August 18, 2017

मिनालाई तीजको रमझम लागेपछि..... ( भिडियो )


सविना म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायिका मिना लामाको तीज कोसेली "तीजको रमझम" बोलको म्युजिक भिडियो म्युजिक नेपाल प्रा.लि को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

हिन्दुको महानपर्व तीज नजिकिदै जाँदा सांगीतिक फाँटमा विभिन्न म्युजिक भिडियो बाहिरी रहँदा सर्जकले महिलाहरू तीजमा माईत पुगेपछि सबै दुख पीडा विर्सिदै तीजको रमझममा छमछम नाच्ने गतिविधिलाई गीतमा उतारेका छन् ।

सर्जक गोविन्द मधुर आचार्यको शब्द संगीतमा रहेको सेलो तथा लोक दोहोरी गायिका मिना लामाको सुमधुर स्वरले सजिएको म्युजिक भिडियोमा मोडलद्वय करिश्मा ढकाल,पुजना घिमिरे र मिना स्वयंको अभिनय रहेको छ । बच्चु थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई मौसम हिमालीले कोरियोग्राफि गरेका छन् ।
एकता फिल्मस नेपालको सहयोगम दृश्य निर्माण भएको यस दुर्गा पौडेलले क्यामरा चलाएका छन् । प्रविन भट्टको सम्पादनमा तयार भएको म्युजिक भिडियोको उत्पादक/वितरक भनेे सविना म्युजिक प्रा.लिलाई दिएको छ ।

No comments:

Post a Comment