Monday, August 14, 2017


Ncell Axiata

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ७५ पुग्यो


सुनसरीमा बाढी पीडितका लागि राहात तथा पुनस्र्थापनको काम शुरु भएको छ । जिल्ला दैवी प्रकोप राहत तथा उद्धार समितिले एकद्वार प्रणालीबाट राहात वितरण शुरु गरेको हो । 
सुनसरीमा १३ हजार घर डुवानमा परेको प्रारम्भिक तथ्याङ्क छ । यस्तै २५ सय घर परिवार पूर्ण रुपमा बिस्थापित भएका छन् । १२ हजार ५ सय पूर्ण रुपमा पीडित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले बताउनु भयो । उहाँले सवै पीडितका लागि आवश्यक खाद्यान्न र लत्ता कपडा उपलब्ध गराइने बताउनु भयो । पीडितहरु १५ वटा शिबिरमा राखिएको छ ।  
सुनसरीमा सबैभन्दा बढी बाढीले इटहरीमा प्रभाव पार्यो । ८ जनाको इटहरीमा बाढीका कारण ज्यान गयो । सयौँ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरुलाई इटहरीको सरस्वती मावी, मनमोहन प्रावी, राधाकृष्ण मन्दिर र कृष्ण प्रणामी मन्दिरमा राखिएको छ । इटहरीमा १४ सय प्रभावितलाई नगरपालिकाको समन्वयमा खाना खुवाउने काम भइरहेको छ । 
इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमका अनुसार तीन हजार मानिस इटहरीमा विस्थापित भएका छन् । ६ हजार भन्दा बढी प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । विस्थापितहरुलाई राहत वितरणको काम थालिएको छ । राहात वितरणको काम प्रभावकारी बनाउनका लागि एकद्वार प्रणाली अन्तरगत राहात वितरण गरिने योजना बनाइएको छ । इटहरीका प्रमुख द्वारीकलाल चौधरीको संयाजकत्वमा विपत व्यबस्थापन समिति गठन गरिएको छ । वडा नम्बर ९ का अध्यक्ष भुपेन्द्र बरालको संयोजकत्वमा राहत व्यबस्थापन उपसमिति बनाइएको छ । समितिमा रेडक्रस, उद्योग बाणिज्य संघ, जेसिस लगायतका सामाजिक संघ संस्थालाई सदस्य बनाइएको छ । 

७ तस्बिरमा बाढीपछिको अवस्था

 



http://bit.ly/2uFFcSo

No comments:

Post a Comment