Monday, July 31, 2017

"गीतकार दीपक कंडेल गीत संगीतको फाटमा अग्रस्थानमा भन्क्षन गीतसंगीत नै मेरो कर्म हो " (फोटो सहित )



पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले नेपाली गीत संगीतको बजार धानिरहेको कुरा सबैलाई अवगतनै छ । आम्दानी शुन्य हुने यो क्षेत्रमा विदेशमा रहने नेपालीहरुले सोक,रुचि या अन्य विविध कारणले लगानी गरिहरका छन र यो व्यवसाय अहिले पनि जनतन चलिरहेको छ । यस्तै विदेशमा रहेर गीत संगीतलाई अत्यधिक माया गर्नेको सूचीमा पर्छ दिपक कँडेलको नाम पनि ।

कामको शिलशिलामा जापानमा रहेका कँडेल अहिले होटल मालिक पनि बनेका छन । यो सँग सँगै गीत संगीतमा अझ खरो उत्रने उनको योजना छ ।हिरा मोती बाट यो क्षेत्रमा पाइला टेकेका कँडेलको जन्म घर बागलुङ हो । उनको पहिलो एल्वम हिरा मोतीबाट सबैको ताली पाएका कँडेल त्यस पछि लगातार उत्कृष्ट गीतहरु स्रोता दर्शकलाई दिँदै आएका छन ।

कामको व्यस्त विच निस्कीएको थोरै समय कँडेलले गीत सिर्जना गर्दछन । लाखौ नेपालीले विदेशमा भोग्नु परेको पिडा र देशमै केहि गरौ भन्ने भावना भएको गीत बाट सागीतिक यात्रा शुरु गरेका कँडेलले एक बर्षकको अवधिमा गीत संगीतमा जुन हाइट लिएका छन त्यो वाह भन्ने खालकै छ ।हिरा मोती,कठौ मेरो जुनी,प्रदेश तीरै गयो,पैसा,टिनको छानो,म मरेर गएनी जस्ता उत्कृष्ट सिर्जना गरिसकेका कँडेललका एक दर्जन भन्दा धेरै गीतहरु आउने क्रममा रहेका छन। .....!!!

आगामी गीत हरु पनि निकै  बजारमा आउने तयारीमा रहेको  बताउदै आउनु भयका बरिसठ सर्जक दीपक कंडेल सरलाई हार्दिक बधाई तथा शुवाकमाना ब्यक्त गर्दछौ  .....!!!

जय गीत जय संगीत। ....

बाग्लुङ्गको मुटु गल्कोट का प्रतिभावान युवा प्रदेशबाट नै "लाउली सिन्दुर चुरा मायाले" भन्दै  मौलिक लोकगीत संगीतमा अग्रसर 


लोक संगीतको उर्बर भूमि बागलुङको गलकोट क्षेत्रमा पछिल्लो समयमा लोकसंगीतप्रति आकर्षित हुनेको संख्या बढ्दो छ । लोकसंगीतमा युवा पुस्ताको अगमन हुनु प्रशंसनिय नै हो । भर्खरै गलकोट नगरपालिका–७ मल्ममा जन्मेका कुलबिर थापाले आफ्नो पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ बजारमा ल्याउने तयारी गरेका छन् ।


गीतमा शिव अखेलीको शब्द, लोक गायक ईश्वर सिंहको लय रहेको छ । स्वरमा कुलबिर थापालाई चर्चित लोकदोहोरी गायिका देवी घर्तीले साथ दिएकी छन् । भिडियोको समेत छायाँङ्कन सकिएको छ । भिडियोमा गाउँको परिवेशसँगै मौलिकता समावेस गर्न गलकोटमै छायाङ्कन भएको कलाकर थापाले बताए ।
गीतको भिडियोमा मोडलिङ समेत थापा आफैले गरेका छन । माया पिरती सँगै लगनको महिनामा विवाहका कुरा भएको कथावस्तुलाई गीतले समेटेको उनले बताए । यसअघि उनले ‘घुम्टेको लेकमा गुराँसै फूल्यो’ बोलको सालैजो गीतमा शब्द संकलन गरेका थिए । ‘करुवाको जल’ गीती एल्वम पनि तत्काल बजारमा ल्याउने उनको तयारी छ ।
थापाले रोजगरीको सिलसिलामा प्रवाशमा रहेर पनि आफ्नो लोक सांगीतिक यात्रालाई अघि बढाएका छन् । अहिले गलकोट समाज जापान क्षेत्रीय समिति ओसाकाको सहसचिब रहेका थापा सानैदेखि समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।  उनले जापानका सहरहरुमा हुने कार्यक्रममा समेत आफ्ना सांगितिक प्रस्तुति मार्फत प्रवासी नेपालीलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।


Tuesday, July 25, 2017

Ncell Axiata

प्रहरी भन्छन्–यस्ता गृहमन्त्री अहिलेसम्म देखेका थिएनौं



काठमाडौं, साउन ११ – सरकार फेरिने बित्तिकै प्रहरी अधिकारीमा निकै चर्चाको विषय बन्यो, अब गृह मन्त्री को बन्छ ? गृह मन्त्रीले अबको प्रहरी संगठन, लामो समयदेखि रोकिएको बढुवा जाम,  चुनाव, संघीयतामा प्रहरीको ढाँचा लगायत विषय कसरी सम्बोधन गर्लान् ? चुनौती र अवसर बराबरीजसो रहेको गृहमन्त्री पदको जिम्मेवारी सम्हाल्न गएको जेठ २४ गते जनार्दन शर्मा नियुक्त हुनुभयो । 

गृहमन्त्रीमा नियुक्त हुनुभएका शर्माको चर्चा प्रहरी संगठनमा पनि निकै हुन थालेको छ । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी पुग्दा गृहमन्त्री शर्माकै बारेमा निकै चर्चा हुँदै थियो । एक प्रहरी अधिकृत भन्दै थिए ‘यस्तो गृहमन्त्री त अहिलेसम्म देखेका थिएनौं, पब्लिक आएको हो कि मन्त्री पत्ता नै नहुने, सुटुक्क आउँछन्, सरप्राइज अनुगमन गर्छन् जान्छन्, सिआइबीमा कुन दिन आउने हुन् ।’
यसअघिका गृहमन्त्री निकै तामझाम र रवाफ देखाउने खालका भएका भएपनि अहिलेका गृहमन्त्री शर्मा भने त्यस्तो नरहेको र कानून अनुसार चलेको ती प्रहरी अधिकारीको भनाई छ । 
उच्च पदस्थ प्रहरी कर्मचारीदेखि तल्लो दर्जाका प्रहरी कर्मचारी मन्त्री शर्माको प्रशंसा गर्छन् । प्रहरी प्रधान कार्यालयका एक डिएसपी भन्छन् ‘उहाँले जुन तरिकाले म मन्त्री हुँ भन्न घमण्ड नराखनी काम गर्नुभएको छ, यही तरिकाले काम गर्नुभयो भने मलाई लाग्छ उहाँ अहिलेसम्मकै सफल गृहमन्त्री हुनुहुन्छ ।’ प्रहरी संगठनलाई अघि बढाउन गृह मन्त्रीले थालेको कदमको प्रहरीभित्र निकै प्रशंसा भएको छ । 
‘उहाँ राम्रोसँग कुरा राख्नुहुन्छ । हामीले भनेका सुरक्षासम्बन्धी कतिपय कुरा बुझ्नु भएन भने मैले बुझिन भन्नुहन्छ । सल्लाह सुझावबिना काम गर्ने उहाँको बानी छैन । विगतका मन्त्रीहरुमा यस्तो कमै देखिन्थ्यो’ संघीयतामा कस्तो प्रहरी बन्ने भन्ने विषयमा छलफलमा रहनुभएका एक प्रहरी अधिकारीले उज्यालो अनलाइनसँग भने । 
एक हप्ताअघि सातदोबाटो चोकमा मन्त्री शर्माले ट्राफिक निरीक्षक सीताराम हाछेथुलाई बोलाएर हात मिलाएपछि हाछेथुले त उहाँ प्रहरीका पीरमर्का बुझ्न मन्त्री भएको बताउनुभएको थियो ।

गृहमन्त्री भएको एक महिनामा के भयो काम ?

गृहमन्त्री जनार्दन शर्मा गृहमन्त्री भएको लगभग डेढ महिना भएको छ । मन्त्री शर्माले आफू गृहमन्त्री भएपछि कुनै चमत्कार नगर्ने भन्दै मन्त्रीबाट चमत्कारको आश नगर्न आग्रह गर्नुभएको थियो । उहाँले गर्नुभएका केही कामहरु यस्ता छन् :

बढुवा जाम खुल्यो

गृहमन्त्री भएपछि असार भित्रै बढुवा गरिसक्ने बचन दिनुभएका शर्माले साउनको पहिलो साताभित्र प्रहरीका सबैतहको बढुवा प्रक्रिया टुंयाउनुभयो । बढुवा रोकिएका कारण केही प्रहरी अधिकारीले सेवा अवधि बाँकी छँदै अवकाश हुनु परेको थियो । 
बढुवा धमाधम गरेपनि  प्रक्रियामा भने केही राजनीतिकरण भएको आरोप मन्त्री शर्मालाई लाग्दै आएको छ । आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै बढुवा सिफरिसमा नपरेका प्रहरी अधिकारीले उजुरी गरेका छन् । 

साइरन बजाउन बन्द 

गृहमन्त्री शर्माले आफू चढ्ने गाडीमा साइरन बजाउन रोक लगाउनुभएको छ । साइरन बजाउँदै हिँड्नाले जाम र तडकभडक भएको तथा सर्वसाधारणको जस्तो नियम आफूलाई लाग्ने भन्दै उहाँले साइरन हटाउनुभएको हो । एक साताअघि सातदोबाटोका जाममा बस्नुभएका मन्त्री शर्मालाई ट्राफिक निरीक्षक सीताराम हाछेथुले देखिपछि अगाडि जान संकेत गर्दा समेत उहाँ जाममै बस्नुभएको थियो । मन्त्री शर्माको यो कदमको सबैले प्रशंसा गरेका छन् । 

अध्यागमनमा सरप्राइज अनुगमन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा असार २२ गते बेलुका साढे ६ गृहमन्त्री शर्माले सरप्राइज अनुगमन गर्नुभएको थियो । सुरक्षा निकायलाई कुनै सुईंको समेत नदिइ उहाँ अनुगमनमा निस्कनुभएको थियो । विमानस्थलमा यात्रुहरुको लगेज ब्याग जस्ता सामान हराउने, यात्रुलाई दुःख दिने जस्ता गुनासो बढेपछि गृहमन्त्री शर्मा सुरक्षा निकायलाई खबरै नगरी त्यहाँको बस्तुस्थिति बुझ्न निस्कनुभएको थियो । अब प्रहरी कार्यालयहमा पनि यसैगरी सुईंको समेत नदिइ केही दिनमै अनुगमनमा निस्कने गृहमन्त्रीको तयारी छ ।

हवल्दार र असईको बढुवा

असई देउबहादुर चन्द उत्कृष्ट कार्य गरे वाफत सई पदमा बढुवा हुनुभएको छ । गएको भदौमा सहकारी संस्थाको सेफ चोरी भएको थियो । काठमाडौंबाट सेफ चोरेर मकवानपुर तर्फ लग्दै गरेको अवस्थामा दोहोरो गोली हानाहान भएको थियो । यसरी दोहोरो गोली हानहान हुँदा पनि ज्यान जोखिममा राखेर काम गरेको भन्दै उहाँलाई सईमा बढुवा गरिएको हो । 
त्यस्तै स्थानीय चुनावका बेला पहिचान हुन नसेका समूहले मतदान केन्द्रमा फालेको बम समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्रीकै निर्देशनमा असईमा बढुवा गरियो ।  गृहमन्त्रीका यस्ता कामले प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला मिल्ने प्रहरी अधिकारी बताउँछन् । 
त्यस्तै गृहमन्त्रीसँग सिधा कुरा हटलाइन, ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र लगायतका कामका कारण उहाँको चर्चा प्रहरी संगठनभित्र हुने गरेको छ ।

बिदेशबाटै आयो सबैलाई नचाउने तीज गीत ‘बिदेशै रंगियो सारीले’ 





जापानमै बसेर पनि गीत संगीतमा तहल्का मच्चाई रहेका सर्जक तथा गायक सुर्य खड्काको लय तथा शव्द सिर्जना रहेको नयाँ जीत गीत विदेशै रंगीतको सारीले बोलको गीत सार्वजनिक भएको छ ।
अभिनयको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउ सफल सोना के.सीको अभिनयको साथमा आवाज दिएको सो गीतमा नेपाली नारीहरु जहाँ रहे पनि देशको संकृति भुल्दैनन् भन्ने कुरालाई विषय बस्तु बनाएको छ ।
सुर्य खड्काको लय तथा शव्द सिर्जना रहेको सो गीत सार्वजनिक भएको छोटो समयमै धेरैको राम्रो प्रतिक्रिया पाइरहेको खड्काले हामीलाई बताउनु भयो ।
जापानै म्युजिक भिडियो निमार्ण गरिएको सो गीतमा निर्देशन रोशन कार्कीले गरेका छन ।
रमाउदै हेर्नको लागी सम्झननु होला है
https://hamisabaikosajha.blogspot.com/


इजरायल बाटनै  मै राम्री भन्दै चम्किदै छिन् नबोदित गायिका किशु ( भिडियो सहित )

हामी सबैलाई थाहा छ पछिल्लो समय धेरै नया पुरानो कलाकार हरु प्रदेशी भुमि बाट नै गीतसंगीत मा रम्दै जम्दै  आइरहेका छन् त्यसै मध्येकी एक उदौदो तारा पप गीतकी नबोदित गायिका किशु गुरुङ पूर्व नेपाल झापा घर भएकी किशु लामो समय देखी इजरायललाई कर्मथलो बनाउदै गीत् संगीतलाई पनि साथ लिदै आयकि छन् 


यहि क्रममा हाम्रो प्रतिभा नामक एउता बहुचर्चित  म्युजिक ब्रान्ड मार्फत बजारमा ल्याइएको  पप गीत "मै राम्री" नामक एल्बम मा आफ्नो कर्मथलो इजरायल कै अवी याफ्फे नामक रेकडिंग स्टुडियो बाट निकै मिठो स्वरमा आवाज भरेकी छन् 
जुन गीतमा संगीत रमेश UD को रहेको छ भने सब्द रचना योगेश बनु राइको रहेको छ 
गीतको एरेन्ज बुद्ध सायमीको र भिडियो हम्रो प्रतिभा प्रोडक्सन ले बजार ब्वास्थापन गरेको छ 
गीत अति मिठो र सान्दर्भिक रहेको छ गायिका किशु लगायत सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Song - Mai Ramri.
Lyrics - Yogesh Banu Rai.
Music - Ramesh Ud.
Vocal - Kishu Gurung.
Arranger - Buddha Sayami.
Album - Mai Ramri.
Recording studio - Avi Yaffe Recording Studio Israel.
Video - Hamro Pratibha Production.
Editing - Anil Singh Rajput.

एकनारायण भण्डारीले संगीत शर्मालाई बाग्लुङ्गे यानीमायाको साथमा मङ्सिर भित्र रहन दिए सुझाब  ( भिडियो सहित)

निकै चर्चामा आइरहने नाम हो एकनारायण भण्डारी बिभिन विधा क गीतसंगीत लै आफ्नो बस्मा पर्दै सरल तरिकाले सब्द रचना संगीत दिन माहिर उनी बहुचर्चित गीतकार सर्जक संगीतकार भण्डारीको शब्द रचना  लय सृजनामा जापानलाई कर्मथलो बनाउदै औनुभायाका नबोदित गायक संगीत शर्मा को स्वरमा बिल्कुलै नया पन्चेबाजा "यानीमाया " बजारमा पठाएका छन् 


जुन गीत मा संगीत शर्मा को अलावा अहिलेकै बहुचर्चित बाग्लुङ्गे चेली देबी घर्ति ढकाल को मिठो स्वर रहेको छ जसमा शब्द संगीत एकनारायण कै छ भने  गीतको निर्देशन बिक्रम चौहान  र सम्पादक मिलन बिक को रहेको छ 
म्युजिक भिडियोमा  पछिल्लो समय निकै चर्चा मा आउन  सफल मोडेल सरिका केसी को रहेको छ र उनलाई सन्देश शर्माले साथ दियका छन् 
गीत अति मिठो र बिसेष धौलागिरी र गण्डकी अञ्चल को चर्चित भाकामा आको हुनाले बजार तताउने पक्का छ सबै युनिटलाई सफलताको लाखौ लाख शुभकामना 
जय गीत जय संगीत ........!!!!!

Monday, July 24, 2017

दिदी लाइ तीजमा बोलाउन  नपाउदा प्रेम निकै दुखि हुदै गीत मार्फत संदेश पठाउदै भाबुक ( भिडीयो सार्बजनिक )


 पछिल्लो समय तीजको गीत ले बजार धेरै नै तातियको छ अझै भनौ भने तीज गीत रत्यौली पारामा निस्किनेको होडबाजी नै छ भन्दा दुइ मत नहोला !

तर तीज लाइ मिठो न्याय दियर गीत निकाल्ने र बजार व्यवस्था पन गर्ने को कमि पनि छैन  यहाँ त्यस्तै मध्यका बहुचर्चित  सर्जक गायक संगीतकार तथा मोडेल प्रेम सापकोटा (सोनु)ले  प्रदेश मा रहने दिदीलाई गीत  मार्फत  भाबुक हुदै सन्देश  पठाउनु भाको छ 

जसमा शब्द निर्मल कुमाल को रहेको छ भने म्युजिक गायक स्वयम गायक सोनुको रहेको छ जसमा सोनुलाई मिठो स्वरका साथ द्द्को भूमिका निभायर  मिठो स्वर वरेकी क्षन ऋतु थापा ले भने गीतलाई बजारमा व्यस्थापन गरेको उज्यालो म्युजिक प्रा लि ले गरेको छ 



गीतले दिदी भाइ को वास्तविक मर्कालाई उजागर गरेको पैन्क्ष जुन गीतका निर्देशक कुमार के सी  र क्यामेरामेन अजय रेग्मी र सम्पादक अनुप सिवाकोती हुन्  
म्युजिक विदेओम अहिलेका चर्चित गायक मोडेल प्रकाश सपुत, रोशनी ,सन्तोष , हिरा  जी को अभिनय रहेको छ...!!!!!



प्रेम सापकोटा सोनु को लय समीर को शब्दमा “ भागेर जाम्ला ” बोलको तीज गीत बजारमा ( भिडियो सहित)  


केहि दिन अगाडि समाजिक संझालमा निकै नै चर्चा कमाएको “ भागेर जाम्ला ” शिर्षकमा समिर प्रकाश पाण्डेको निकै नै मिठो शब्द रचना अनि दमदार संगीत र स्वरले भरिएको  तीजको गीतको म्युजिक भिडियो सहित हालै मात्र सार्बजनिक भएको छ | उक्त सार्वजनिक गीतमा बिबश बस्नेत र सम्झना मगरको  समधुर आवाज रहेको छ भने संगीत प्रेम सापकोटाले भरेका छन् । यस्तै गीतको एरेन्ज बिश्वास नेपालको रहेको छ ।

 हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर युनिक मोभीले निर्माण गरेको सोहि गीतको भिडियोलाई लोकेन्द्र शाहले निर्देशन गरेका छन् भिडियोमा किशोर र मेनुकाको दमदार नित्य तथा अभिनय देख्न सकिन्छ,  माधव पौडेल छयांकन र सुमन थापा मगरको सम्पादनमा भिडियो तयार भएको छ । डानसिङ् नम्बरको गीतमा म्युजिक भिडियो पनि राम्रो बनेको कारण यस गीतले बजार तताउने  देखिन्छ |
गीत अर्घादरवार फिल्मस् प्रा.ली र हिमाल पोष्ट मिडियाको संयुक्त प्रस्तुतीमा बजारमा अाएको हो ।

Sunday, July 23, 2017



तीजका गीत बजारमा आउने क्रममा अमिर् सुबेदीले अर्को कोसेली बजारमा ल्याएका छन् जुन गीत् को नाम रहेको छ "फेसन् वाली "थुप्रै दोहोरी गीत् बजारमा ल्याएका सुबेदिले एसपाली तीज गीत बजारमा ल्याएका छन् ,जुन गीतलाई अर्पन म्युजिक प्रालिले बजारमा उपलब्ध गराएकोछ अमिर सुबेदी र देबी घर्तिको आवाजमा रहेको उक्त गीत धेरै श्रोताहरुले मन पराउनुका साथै माया गर्दिनु भएको कूरा सुबेदी बताउछन एस गीतमा हास्य कलाकार राजु मास्टर र आशा खड्का को मोडेल रहेकोछ भने कपिल लामाको निदेसन रहेको छ आगामी प्रस्तुतीहरु पनि यसैगरी माया गर्दिनु हुन्छ भन्ने सुबेदीले आशा गरेका छन्


पछिल्लो समय निर्देशन र अभिनयलाई सँग सँगै अगाडी बढाइरहेका लोकप्रिय मोडल तथा निर्देशन प्रेम थापाले निर्देशन तथा अभिनय गरेको नयाँ गीत अच्छा मेरो लाहुरे बोलको गीत सार्वजनिक भएको छ । भारतीय सेनामा भर्ति भएर नेपाल आँउदा माया प्रेम बसेको कुरालाई तीज सँग जोडेर गीतको विषयबस्तु बनाइएको छ । माया गुरुङ,चन्दा कार्की,इश्वर सिँह र बद्रि के सीको आवाज रहेको सो गीतमा माया गुरुङ,चन्दा कार्कीको शव्द तथा इश्वर सिँह र बद्रि के सीको लय सिर्जना रहेको छ । कृष्ण फिल्मसले बजार व्यवस्थापन गरेको सो गीतमा प्रेम थापा र सब्रीना क्षेत्रीको दमदार अभिनय समेत देख्न सकिन्छ ।
गीत सोचे भन्दा मिठो र सफलता मिलोश भनि हाम्रो शुभकामना ब्यक्त गर्दछु

अनुसन्धान केन्द्रका लागि सहयोग गर्न महावीरको आग्रह


राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा जुटेका महावीर पुनले यस परियोजनाका लागि सहयोग गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् ।
महत्वकांक्षी योजनाअनुसार नेपालमा निर्माण गर्न लागेको अनुसन्धान तथा विकास कार्यक्रम परियोजनाका लागि उनले एनआरएनलगायत यहाँ रहेका सबै नेपालीहरुलाई तीन किसिमले सहयोग पुऱ्याउन आग्रह गरेका हुन् । ‘तपाईहरुले वुद्धि, आर्थिक र समयको थोरै थोरै मात्र दान गरिदिनुभयो भने यो केन्द्र निर्माण हुने मात्र नभएर देश विकासमा नै ठूलो महत्व राख्नेछ ।’एनआरएन अस्ट्रेलिया ले ब्रिसवनमा शनिबार गरेको साधारणसभामा उनले सहयोग पटक पटक नभई मात्र एकपटकका लागि गरिदिन अनुरोध समेत गरे ।

रयामोन म्यागसेसे पुरस्कार विजेता पुन अहिले सोही परियोजनाका बारेमा बुझाउन र सहयोग जुटाउन अस्ट्रेलियामा छन् । एनआरएनको निमन्त्रणामा यहाँ आइपुगेका उनले यहाँको सबै राज्यहरुमा रहेका नेपालीहरुसँग भेट्ने र परियोजनाका बारेमा छलफल गर्ने बताएका छन् । उनले यो परियोजना समाजसेवा मात्र नभई देश विकासको फरक परियोजना भएको दाबी गरे । ‘यो परियोजना नेपालका लागि र सबै नेपालीहरुले आफ्नो देशलाई धनी बनाउनका लागि सुरु गरिएको हो’ उनले कार्यक्रममा भने । 
एनआरएनलगायत संस्थाहरुलाई उनले यो परियोजना नेपाल सरकारलाई उपहारका रुपमा दिन आग्रह समेत गरे । उनले एनआरएनलाई यो केन्द्र निर्माणको परियोजनालाई आफ्नो कार्यक्रम बनाउन अनुरोध समेत गरे । उनले आविष्कार केन्द्र निर्माण सम्पन्न भइसकेपछि सरकारलाई नै सञ्चालनको लागि जिम्मा दिने जानकारी दिँदै पुनले यस किसिमका परियोजनाहरु निर्माण नभई देश विकास नहुने दाबी समेत गरे ।
 
करिब एक साताअघि अस्ट्रेलिया आइपुगेका पुनले ब्रिसवनमा प्राध्यापकहरु, विद्यावारिधी पाएका नेपाली विज्ञ र नेपाली समुदायका ब्यक्तिहरुसँग अन्तर्क्रिया गरेका थिए । 
तीजको अवसर पारेर नयाँ नयाँ तीजका गीतहरु सार्वजनिक भइरहेका छन यसै क्रममा नयाँ तीज गीत सड्कीयो कम्मर सार्वजनिक भएको छ ।
तीजको गीतमा माया प्रेम समेत समावेश गरिएको सो गीतमा सुर्य खड्का, सिता श्रेष्ठ,यदुराम सापको,सन्ध्या बुडाको आवाज रहेको छ । गीतको म्युजिक भिडियो जापानमै निमार्ण गरिएको छ भने गीको लय सुर्य खड्का र शव्द यदुराम सापकोटाले बनाएका छन भने गीतको म्युजिक भिडियो रोशन कार्कीले निर्देशन गरेका छन ।
गीत को म्युजिक भिडियो मा जापानमा बसेर अति मिठो मोड्लिंग गर्ने मोडल तथा कोरियोग्राफी  सुजाता ज्ञवाली र जापानबासी  दिदिबहिहिनी हरुको बेजोड प्रस्तुति रहेको छ.......@@@@@!

Friday, July 21, 2017



बागलुङ नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ का लागि ६९ करोड २३ लाख १७ हजार रुपैयाँको आय–व्यय विवरण सार्वजनिक गरेको छ । 
शनिबार सम्पन्न पहिलो नगरसभामा नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले सो विवरण प्रस्तुत गर्नुभएको हो । सबैभन्दा बढी सडक निर्माणमा १५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । 
बाडस्तरीय पूर्वाधार योजनामा पाँच करोड रुपैयाँ, खानेपानीमा एक करोड ७५ लाख रुपैयाँ, सहरी सडक तथा नाली निर्माणमा तीन करोड रुपैयाँ छुट्टाइएको उपमेयर खड्काले जानकारी दिनुभयो । यस्तै, सामाजिक विकासतर्फ २० लाख रुपैयाँ, गरिबसँग बागलुङ नगरपालिकाको कार्यक्रमका लागि २५ लाख रुपैयाँ, गरिबी न्यूनीकरण कोषका लागि ४६ लाख रुपैयाँ र लक्षित वर्गका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 
धार्मिक सम्पदा निमार्णमा एक करोड रुपैयाँ, पर्यटन प्रवद्र्धनका लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ । नगरपालिकाको आम्दानी बढाउन ‘डोजर’ र ‘टि«पर’ खरिदका लागि समेत सभाले बजेट विनियोजन गरेको छ । सभाले सामाजिक सुरक्षा भत्तातर्फ १० करोड रुपैयाँ र विषयगत शाखा कार्यक्रम सञ्चालनका लागि २४ करोड ८९ लाख रुपैयाँ छुट्टाएको छ । 
आयतर्फ दस्तुर तथा सेवा शुल्कबाट दुई करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट एक करोड ६५ लाख रुपैयाँ, केन्द्रिय अनुदान २५ करोड २६ लाख रुपैयाँ, वित्तीय समानीकरणतर्फ २४ करोड ८९ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड ५६ लाख रुपैयाँ नगरपालिकालाई प्राप्त हुनेछ । 

हरि गिरी र मिना थापाले नाच्न भने पछि सञ्जीव र रुविना नाचे (भिडियो सहित)


महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धमाधम तीज गीतहरु सार्वजनिक भइरहेका छन । यसै अवसरमा हरि गिरी विमर्शिको नयाँ गीत फुरुक फुरुक सार्वजनिक भएको छ । उक्त गितमा पछिल्लो समयमा निकै लोक प्रिय बन्दै गएका सर्जक एवँम गायक हरि गिरी विमर्शी र मिना थापाको आवाज रहको सो गीतमा लय तथा शव्द सिर्जना लोक गायक एवँम सर्जक हरि बिमर्सीको नै रहेको छ । गीतमा माया प्रेमलाई तीजको भाका मार्फत प्रस्तुत गरिएको छ भने,आशिष म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा म्यु्जिक भिडियो निर्देशन मौसम हिमालीले गरेका छन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस


Wednesday, July 19, 2017



तीजका गीतहरुमा बिकृति ,विसंगति मौलाउदै गयको अबस्थामा गायक केपी कुमार जलन र नबोदित गायिका निसाना छेत्रीले तिजको गीतको वास्तविक मौलिकता झल्कने "नारीको बेदना "नामक एल्बम लियर आयका छन् .यस गीतमा जब नारी बिवाह गरेर कर्म घरमा पठाईन्छ तब भोग्नु पर्ने अन्याय ,अत्याचार र दुखका बेदनालाइ गीतको माद्यम बाट प्रस्तुत गरियको छ .बैनीले आफ्ना बेदना दाजुलाई सुनाउदै अब त्यो घर फर्केर जान सक्दिन भन्दै आफ्नो दाजुलाई बेदना पोखिरहेकी छन् भने दाजुले पनि अन्याय भोग्नु पर्ने घरमा नजान आग्रह गरदै अन्यायको बिरुद्दमा कानुनी बाटो रोज्नुपर्ने सुझाब दियका छन् .गीतको स्वरमा केपिकुमार लाइ देबी घर्ति मगर र निसाना छेत्रीले साथ दियका छन् .शब्द केपी कुमार र निसाना को रहेको छ भने लय पनि निसाना कै रहेको छ प्रेम थापाले निर्देशन गरेको उक्त गीतमा प्रकास सपुत र प्रतिमा थापाको रहेको छ यस गीतको बजार ब्यबस्थापन हमाल म्युजिक प्रालि ले गरेको छ .
कुशल संचारकर्मी राष्ट्र सेवक तथा गायक संगीतकार के.पि. सरलाई हार्दिक बधाई तथा मंगलमय सुभकामना ब्यक्त गर्दछौ
जय गीत जय संगीत। ....!!!!!

भाग १ र २ ले तहल्का पिटेको सेल्फी ३ तीजको दर तीज गीत सार्वजनिक (भिडियो सहित)


सेल्फीको बारेमा लगातार गीत निकाल्दै आएकी लक्ष्मी मल्लको प्रस्तुतिमा फेरी सेल्फी -३ तीजको दर नामको गीत सार्वजनिक भएको छ । मौलिक सस्कृतिमा रहेर निकै उत्कृष्ट सिर्जना बजारमा आएको हो ।
सेल्फी भाग १ र दुईले निकै बजार तताएको तेश्रो भाग पनि उत्तिकै दमदार बनेको छ ।
लक्ष्मी मल्ल श्रीकृष्ण बम मल्ल र बसन्त थापाको आवाजमा रहेको सेल्फी ३ तीजको दरमा शब्द श्रीकृष्ण बम मल्लको छ भने संगीत बसन्त थापाको रहेको छ ।
गायिका लक्ष्मी मल्लको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक गरीएको छ ।

  1. नेपाली गीतसंगीतको कला संस्कृति र नया नया नवप्रतिभावान हरुको अहिले बजार आकशिदै छ त्यस्तै बहुप्रतिभाका धनि तथा कुशल पत्रकार #तुलसी_बस्नेत पुर्व प्रदेश नं १ को मुटु भनेर चिनिने इलाम जिल्लामा जन्मेर लामो समय पत्रकारिता क्षेत्रमा काम गर्दै गीतसंगीत मा कलम चलाउन माहिर बस्नेत ले सामाजिक परिवेश र समाजमा हुने घटनालाई आधार बनाई हालचालै नयाँ मेडोलीयन पुर्वेली भाकामा समाहित " छानो हाल्ने सपनिमा" नामक एल्वम बजारमा पस्किनु भाको छ बिषेश चेलीबेटिलाई कसरी जालमा पारी फसाइनछ भन्ने सामाजिक परिवेशलाइ सर्जकले उतारेको गीतको भावले बताउछ जस्मा कर्णप्रिय स्वर रहेको छ #चन्दु_देवानको भने संगीत #शंकर_थापा (स्माइल) ले भर्नुभाको छ..!!!! त्यस्तै यो गीतमा नेपालकै बहुचर्चित कलाकार सुरेन्द्र के‌.सी. , पल्पसा डंगोल ,अञ्जु निरौला नायिका द्वय रिचा शर्मा,अनुराधा कोइराला साथमा गिरीस खटिवडा लगायत आधा दर्जन सामाजिक अगुवा र कलाकार हरुले मुम्बई को कोठीमा कसरी नेपाली चेलीबेटि ले कसरी पिडा भोगिरहेका छन भन्ने कुरालाई अभिनय बाट दर्शाएका छन्...!!! यस गीतलाइ बजार ब्यस्थापन गरेको छ LIMETIME NEPAL, FLYING BABA PRODUCTION ले SONG NEPALयुटुव बजार देको छ लामो समय पतरकारिता गर्दै आउनु भएका सर्जक बस्नेत _BFBS GORKHAS RADIO मा कार्यरत हुनुहुन्छ भने पछिल्लो समय निकै लोकप्रिय कार्यक्रम स्वर्निम संगन चलाउदै धेरै स्रोताको मन जित्न सफल हुनु भएका सर्जक बस्नेटलई हात्दिक बधाई तथा सफलताको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ...... समाचार तयार पार्नको लागि यो गीतमा निकै सहयोग गर्नु हुने गोर्खा निबाशी मकाउ कार्यरत #ध्रुब अमगाई जी लाइ हार्दिक धन्यवाद।।।।।!!!!!!
  2. जय गीत जय संगीत ..!!! सँगीतप्रेमी रामु जि. सी. कमल अमरभुमी अर्सल पैंयुबोट बाग्लुङ्ग हालसाउदी अरेबिया..!!!!

Friday, July 14, 2017

शेरचनको जन्मजयन्तीमा नेपालमै पहिलो पटक मादल प्रतियागिता, प्रथमलाई ५० हजार







 नेपाली लोक स्रष्टा, साधक, तथा शिल्पी स्वर्गीय कल्याण शेरचनको ७१ औं जन्मजयन्तीको अवसरमा साउन १२ गते नेपाल मै पहिलो पटक राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिता २०७४ हुने भएको छ । स्वर्गीय शेरचनको स्मृतिमा लोक सँस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्धेश्यले साँस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठान द्धारा काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता आयोजना गरिएको कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा पोखरामा शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।
राष्ट्रिय खुल्ला मादल बादन प्रतियोगिताको विजेताले ५० हजार, द्धितियले २५ हजार, तृतियले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुने प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले जानकारी दिनुभयो । यसरी नै प्रतियोगितामा विधागत उत्कृष्ठ मौलिकता, सिर्जनात्मक, र लोपोन्मुख पौराणिकतालाई जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रबाट पुरष्कृत गरिने भएको छ ।
लोक बाजा मादलको चार शैलीहरु पौराणीक बाद्य शैली(चर्या, सोरठी, पौसारु, सरङ्ङया, सालैजो, टप्पा, कौडा, मारुनी, हुर्रा), मञ्चीय प्रस्तुती बाद्यशैली(दमदार तथा रोचक प्रस्तुती), स्टुडियो रेकर्डिङ्ग बाद्यशैली(सुर, ताल, लय आदि मिसाएर बजाउने) र श्रृजनात्मक बाद्यशैली(आफ्नो छुट्टै श्रृजनात्मक शैलीमा बजाउने) मा प्रतियोगीहरुले १० मिनेट प्रस्तुति राख्न पाउने नियम रहेको प्रतिष्ठानका सचिव सचिव श्रीजङ्ग गुरुङले बताउनुभयो ।
नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय खुल्ला मादल प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरुले साउन ७ गते भित्र प्रतियोगिता संयोजक खर्कबहादुर बुढा(काठमाडौं), सहसंयोजक इश्वरी प्रसाद भुषाल(काठमाडौं) र पश्चिमाञ्चल पोखरा क्षेत्रका लागि प्रतिष्ठानका कार्यसमिति सदस्य, दोहोरी गीत राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य जीवन दाहाल(पोखरा)लाई सम्पर्क गर्न सकिने बताइएको छ । पश्चिमाञ्चल पोखरा क्षेत्रका प्रतियोगिताहरुको संख्या अनुसार पोखरामा अडिशन समेत गरिने जीवन दाहालले बताउनुभयो ।
प्रतियोगिताका लागि जुरी निर्णायक खर्कबहादुर बुढा, यसरी नै निर्णायकहरुमा पश्चिम नेपाल प्रेमदेव गिरी, मध्य नेपाल न्युछेमान डंगोल र पुर्व नेपालका तर्फबाट अर्जुन चैनपुरे रहनुभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो भने प्रतियोगिताको करिब ८० प्रतिशत तयारी सम्पन्न भएको आयोजकले जनाएको छ । स्वर्गीय शेरचनको ७१ औं जन्मजयन्ती साउन १२ गते काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताकै अवसरमा एक जना नेपालका वरिष्ठ मादल बादकलाई नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष क्या.ह्योल्मोले बताउनुभयो ।
यसैविच उक्त प्रतियोगिताको सहयोगार्थ रामबजार सोसाइटी युकेले सहयोग गरेको छ । घरबिदामा पोखरा आउनु भएका सोसाइटीका सल्लाहकार दुधराज गुरुङले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै प्रतिष्ठानका अध्यक्ष क्याप्टेन ह्योल्मोलाई १ लाख ५० हजार २३३ रुपैया सहयोग हस्तान्तरण गर्नुभयो । स्रष्टाको स्वर्गारोहण पश्चात हिमाली साँस्कृतिक परिवारले विक्रम सम्वत २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौरा चुट्का गीतको प्रतियोगिता आयोजना गरी अक्षयकोष स्थापनाका साथै कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले उक्त वर्षदेखि नै साउन १२ गते स्वर्गीय शेरचनको जन्मजयन्ती र माघ २४ गते स्मृति दिवस विविध कार्यक्रम गरी मनाउदै आएको छ ।
लोसँस्कृति, शिक्षा र खेलकुदप्रति योगदान पुर्याउनु भएका स्वर्गीय शेरचनको स्मृतिमा हालसम्म बरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङ, शिक्षाविद बलबीरसिंह नेगी, बरिष्ठ संगीतकार प्रकाश गुरुङ सम्मानित भइसक्नु भएको छ । प्रतिष्ठानले शेरचनकै स्मृतिमा पश्चिमाञ्चलस्तरीय साँस्कृतिक कार्यक्रम, भुकम्पपीडित विद्यालयको पुननिर्माण र सेभेन ए साइड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
असारको मारामारी धान रोपाई होस् या साउनको भेल होस खासमा चाडपर्व भनेको नै बर्खायाम सँगै ललाग्ने गर्छन त्यहि चाडपर्व मध्य को महान चाड अझ भनौ नेपाली आमा फुपु भाउजु बुहारी सासु माईजु तथा दिदीबहिनी हरुको महान चाड हरितालिका तिज बिभिन्न गीत र संगीतको साथ आइसकेको छ
बिभिन्न प्तिभाहरुको गीत र कथाब्यथा त हामीहरुले सुन्दै त हेर्दै आएका छौ त्यस्तै नेपाली गीत संगीतका अर्का होनहार गायक #प्रकाश_परिवारले पनि सबैको मन छुने तिजीगीत बजारमा पस्किनु भाको छ
जन्मथलो अर्घाखाँची तर रोजगारीको शिलशिलामा लामो समयदेखी मलेसियालाई कर्मथलो बनाउदै आउनु भएका उनै नवोदित अझ पर्देशी गायक प्रकाश ले " माईती घरको माया" नामक तिजी गित मिठो कर्णप्रिय स्वर भरेर बजारमा ल्याईसक्नु भाको छ जस्मा उन्लाई साथ दिएकि छन मिठो स्वरकि धनि गायिका #गिता_साउद ले भने उक्त गीतमा शब्द भर्नभाको छ #शोभा_खडकाले जस्मा लयसृजना गर्नु भाको छ अर्का गायक तथा संगीतकार #विमल_परिवारले जुन गीत सर्ब सम्मान म्युजिक कम्पनिले बजार ब्यवस्थापन गरेजो छ भने यस गीतको म्युजिक भिडीयोमा पछिल्लो समय निकै निकै चर्चा बटुली रहेकि चर्चित मोडेल करिष्मा ढकालले अभिनय गरेकि छन भने उनलाई साथ देका छन कोरीयोग्राफी प्रदिप ग्यवालीले गीत तलको लिंक मा हेर्नुहोला
गीत सफल र सबैको मन जित्न सफल होस यहि शुभकामना सबै टिमलाई
जय गीत जय संगीत..!!!
सँगीतप्रेमी रामु जि. सी. कमल
बाग्लुङ्ग हाल खाडीमुलुक साउदी अरब...
https://youtu.be/K1fHb-BEY78

Thursday, July 13, 2017


१६ बर्षकै उमेरमा मायालुलाइ खोज्न माहिर हाम्रो प्यारी नानु दुम्किबासको एउटा उदाउदो तारा #मोनिसा_आले_मगरको निकै मिठो सुमधुर स्वरले भरिएको अर्को मिठो अनि मोहित पार्ने गीत " यो मुटको धुकधुकीमा"
सानै उमेर देखी स्थानिय आफ्नै स्कुलमा आफ्नो कला र गला देखाउदै आफ्ना साथीभाई र गुरु गुरुमाको मन जित्दै मिठो स्वरले मग्द मुक्त बनाउदै हाल नवलपरासी नवलपुर आसपासको हुने स्थानिय मेला महोत्सवमा बेजोड धमका दिदै "मायालुको खोजि" सम्म आइपुग्नुमा मोनिसा कि आमा(ममी) Puspa Kaucha Ale र उहाँको सम्पुर्ण घर परिवारको अति मिठो हौसला साथ र सपोर्ट र आफुले पढ्दै आएको दुम्किबास स्थित लखनथापा एकेडमी का प्रधानाध्यापक साथै सम्पुर्ण गुरु र गुरुमाहरुको हौसला र प्रेरणालेनै आज यो स्थान सम्म आइपुगेको स्थानिय आमाबुबा र सम्पुर्णले बताउदै आएका छन ।।
हाल बजारमा आइरहेको गित " यो मुटुको ढुकढुकी मा तिमीनै छौ" ले मोलिसा लाई अझै सँगीतमा जमाउदै लाने धेरैले अड्कलबाजी गरेका छन्
उक्त गितमा उन्को अलवा अहिलेका बहुचर्चित गायक तथा संगीतकार कृष्ण काफ्लेले निकै मिठो स्वरना बेजोड साथ दिएका छन भने शब्द रचना लेखु सहयात्रीले गर्नुभाको छ साथै म्युजिक एरेन्ज रिकेश गुरुङले गर्नुभाको छ भने यस गीतमा अहिलेको बहुचर्चित नायिका आइस्मा नकर्मिले पुस्पल खड्काको साथमइे बेजोड अभिनय गरेकि छन् जसमा प्रस्तुति तथा निर्मात्री मालिसाकि आमा(ममी) #पुष्पा_आले_मगरले र गायक कृष्णले नै भिडीयो निर्देशन र बजार ब्यवस्थापन गरेका छन् ।।
उन्को यो बेजोड लाग्ने गीतले सबैको मन जितोस भनि कामना गर्दछु ...!!
जय गीत
जय संगीत!!!!!!!!
लोकसंगीत प्रेमी रामु जिसी कमल
सँगीतप्रेमी रामु जि-सी कमल
बाग्लुङ्ग हाल साउदी अरब...!!!!!

Wednesday, July 12, 2017

प्रदेशी तथा नव प्रतिभाका धनि सर्जक ध्रुब प्रसाद अ्गाई ले मखमली चोली मा ढाकाको तुना बोलको गीत सार्वजनिक (भिडियो सहित) पछिल्लो समय गीत संगीतमा निकै उतारचढाव संगै नवप्रतिभा हरुको आगमन ह्वात्तै बढ्ने क्रम निरन्तर चलिरहेको छ त्यहि नवप्रतिभाको आगमन संगे जोडिन पुगेका छन गोर्खा फुजेल मा जन्मिएका गीत कार तथा नवप्रतिभाका धनि सर्जक ध्रुब प्रसाद अम्गाई बिगत १७बर्ष देखी प्रबास मा बस्दै आउनु भयका अ्गाई केहि समय को बेलाईत बसै पछी हाल मकाउ मा सरकारी जागिर आब्धा भैइ हाल आफ्नो कर्मभुमी मकाउ बनाउदै आज उनु भएको छ यि र यस्तै अत्यन्त मिठो र मनमुटु मा छुने आधुनिक गीत " हरु लेखी सक्नु । भएका गीत कार को । शब्द मा �१) गीतको बोल: बिहानिको घामको झुल्को -२०१० मा रेकर्ड गरे रामकृष्ण ढकालको स्वोरमा ।�२) वारीमा खोला पारीमा खोला -२०१०, रामचन्द्र काफ्लेसाजन आले ।�३) फूल दीउ त ओइलाइ जाला - २०१७ प्रमोद खरेल�४) नजुरेको लगन हाम्रो - २०१७ अन्जु पन्थ र मनोज शिवाकोटी (दुइजनाको स्वोरमा)�५) क़ैले माया यता लायौ कहिले उता - २०१७ जुनु रिजाल ।�६) मखमाली चोलीमा ढाकाको तुना - २०१७ हाल मखमली चोलीमा ढाकाको तुना" नामको एल्बम बजारमा ल्याएका छन् । ।!!! जसमा संयम सर्जक अम्गाई आफैले मिठो शब्द रचना गरेका छन भने बहुचर्चित गायक तथा संगीतकार चेतन सापकोटाको कर्ण प्रिय स्वर र संगित रहेको छ जस्मा निर्देशन कपिल लामाको छ भने यस म्युजिक भिडीयो बिध्दबासिनी म्युजिक प्रा ।लि । ले बजार ब्यबस्था पन गरेको छ । ।!!! पर्देशी भुमीमा रहेर पनि गीत संगितलाई नजिक बाट नियाल्दै आउनु भएको सर्जक अमगाईको उक्त म्युजिक भिडियोमा नेपपालकै चर्चित मोडेल एलिसा राईको दमदार अभिनय छ भने उनलाई साथ दिएका छन नायक पुस्पल खड्काले,गीत अत्यन्त राम्रो र मिठो बनेको छ , आगामी दिनहरुमा पनि उहाको यो सॉगेतिक यात्रा निरन्तर अघि बढिरहोस भनि हार्दिक हार्दिक बधाई ज्ञापन गर्छछौ । । ।!!!! जय गीत जय संगीत
https://www.facebook.com/chetan.sapkota.18/videos/2041741339380366/?autoplay_reason=all_page_organic_allowed&video_container_type=4&video_creator_product_type=0&app_id=350685531728&live_video_guests=0

Monday, July 10, 2017

क्षेत्र निर्धारण आयोग गठनमै अलमल

  • संविधान संशोधनपछि मात्र आयोग गठन गर्ने सरकारको तयारी
-दुर्गा खनालकुलचन्द्र न्यौपाने, काठमाडौं
प्रदेशको समेत क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले यो सहज र छिट्टै भइहाल्ने काम होइन, प्राविधिक काम हतारमा भन्दा समय दिएर पूरा गर्नु राम्रो हुन्छ : विज्ञ
असार २७, २०७४- निर्वाचन आयोगले गत साता साउन १५ को समयसीमा नै तोकेर निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्र पठायो । संविधानअनुसार माघ ७ भित्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने दायित्व सम्झाउँदै आयोगले त्यो काम पूरा गर्न साउन १५ भित्र प्रतिवेदन आयोगलाई प्राप्त भइसक्नुपर्ने बाध्यता स्मरण गरायो । तर सरकार भने निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा अझै तातेको छैन । आयोग गठनमा भइरहेको ढिलाइले माघ ७ भित्र तीनवटै चुनाव गरिसक्नुपर्ने संवैधानिक दायित्वमै प्रश्न उठ्ने भएको छ ।
संसद्ले गत चैत पहिलो साता नै निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी विधेयक पारित गरिसकेको छ । कानुन बनेपछि पनि सरकार आयोग गठनमा अलमल गरिरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित नगरी आयोग गठन गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आपत्ति प्रकट गर्न सक्ने देखेर सरकार नतातेको हो । प्रदेश र संघीय संसदको चुनावअघि संघीय प्रदेशको सीमांकनसहितको समस्या हल गर्ने प्रतिबद्धता सत्तारूढ दलहरूले गर्दै आएकाले पनि समस्या उत्पन्न भएको स्रोतको दाबी छ । कांग्रेस नेता रमेश लेखकले प्रदेश र संघीय संसदको चुनावमा सबै दललाई समेटेर लैजाने उद्देश्य राख्दा आयोग गठनमा केही ढिलाइ भइरहेको बताए । ‘अहिलेको प्राथमिकता संविधान संशोधन विधेयक पारित गराउने हो । संविधान संशोधनपछि चुनावका लागि राजनीतिक वातावरण बन्छ,’ उनले भने, ‘त्यसलगत्तै आयोग गठन गर्ने काम अघि बढ्छ ।’  

निर्वाचन आयोगले क्षेत्र निर्धारणलगायत काम नभएकाले स्थानीय तहबाहेक बाँकी चुनावको तयारी अघि बढाउन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको छ । तर सरकारका मन्त्रीहरू आयोग गठनको तयारी भइरहेको जवाफ दिएर पन्छिइरहेका छन् । मन्त्रिपरिषद्मा आयोग गठनसम्बन्धी छलफल औपचारिक रूपमा अघि बढेकै छैन । 

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले प्रदेश र संघीय संसदको निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउने र क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने कामको तयारीमा सरकार रहेको दाबी गरे । ‘क्षेत्र निर्धारणका लागि आयोग छिट्टै गठन हुन्छ,’ उनले भने, ‘दुवै निर्वाचनका लागि आवश्यक कानुन बनाउने कामसमेत भइरहेको छ ।’

संसदको राज्यव्यवस्था समितिले पनि दुई दिनअघि निर्वाचनसम्बन्धी कानुन र क्षेत्र निर्धारणको काम छिटो गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा सहभागी गृहमन्त्री जनार्दन शर्मालाई सांसदहरूले आयोग गठन नगर्दा चुनाव प्रभावित हुनेतर्फ ध्यानाकर्षण गराएका थिए । ‘आयोग गठन र निर्वाचनसम्बन्धी कानुन छिटो ल्याउन भनिएको छ,’ राज्यव्यवस्था समितिका सदस्य रामकृष्ण यादवले कान्तिपुरसँग भने ।

संविधानको धारा २८६ अनुसार क्षेत्र निर्धारण आयोग गठन हुनुपर्ने र त्यसको प्रतिवेदन सरकारमार्फत निर्वाचन आयोगलाई प्राप्त हुनुपर्ने व्यवस्था छ । संविधानमा जनसंख्या र भूगोलका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने व्यवस्था छ । त्यसका लागि कानुन, जनसंख्या, भूगोल, समाजलगायत विषयमा जानकार विज्ञहरूको आयोग बनाउनुपर्ने प्रावधान छ ।

संविधानअनुसार अब प्रतिनिधिसभामा १ सय ६५ सिट हुनेछ । हाल कायम २ सय ४० बाट निर्वाचन क्षेत्र घटाउनुपर्ने छ । प्रतिनिधिसभाको एक सिट बराबर प्रदेशसभाका दुई सिट रहने संवैधानिक व्यवस्था छ । यो व्यवस्थाअनुसार प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गर्नुपर्ने छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि क्षेत्र निर्धारणमा धेरै प्राविधिक विषय मिलाउनुपर्ने छ । आयोगलाई नै काम गर्ने समय धेरै लाग्न सक्छ । ‘पहिले जनसंख्या बढेका स्थानमा मात्र निर्वाचन क्षेत्र बढाइएको थियो,’ ०६४ र ०७० सालमा बनेको क्षेत्र निर्धारण आयोगका सदस्य डम्बर चेम्जोङले कान्तिपुरसँग भने, ‘यस पटक सबै जिल्लाको क्षेत्र हेरफेर गरी १ सय ६५ मा झार्नुपर्ने भएकाले समय बढी लाग्न सक्छ ।’ त्यतिबेला पनि क्षेत्र निर्धारणका लागि ४ महिनाभन्दा बढी समय लागेको अनुभव चेम्जोङले सुनाए । 

‘अहिले प्रदेशको समेत क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ, त्यसैले यो सजिलै भइहाल्ने कुरा होइन,’ चेम्जोङले भने, ‘प्राविधिक कामलाई हतारमा भन्दा समय दिएर पूरा गर्नु राम्रो हुन्छ ।’ क्षेत्र निर्धारण सबभन्दा बढी राजनीतिक स्वार्थ जोडिएको विषय हो । पार्टी मात्र होइन, हरेक नेताले आफूकेन्द्रित क्षेत्र निर्धारण होस् भन्ने चाहेका हुन्छन् । त्यो राजनीतिक स्वार्थले पनि आयोगको काम छिटो र सहज रूपमा हुने सम्भावना कम हुन्छ ।

त्यसैले तत्कालै आयोग बनेर प्रतिवेदन प्राप्त हुन सहज छैन । अझ सरकारले आयोग गठनमै गरेको ढिलासुस्तीले निर्वाचन आयोगले भनेअनुसारको समयसीमामा कुनै हालतमा क्षेत्र निर्धारण नहुने स्पष्ट छ । कानुनमै पनि केही जटिलता रहेको चेम्जोङको भनाइ छ । अहिले रुकुम र नवलपरासी दुइटा प्रदेशमा टुक्रिएका छन् । अब ती जिल्लाको हकमा कसरी निर्धारण गर्ने भन्ने कानुनी जटिलता आउने भएकाले त्यसलाई फुकाउनुपर्ने उनको सुझाव छ ।

संविधानले क्षेत्र निर्धारणका लागि जनसंख्या र भूगोललाई आधार मान्नुपर्ने कार्यादेश दिएको छ । तर एउटा जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र अनिवार्य हुनुपर्ने छ । यसलाई आधार मान्दा ७५ जिल्लामा ७५ वटा क्षेत्र स्वत: हुन्छन् । बाँकी ९० सिटलाई जनसंख्याको अनुपातमा कुन जिल्लामा कसरी थप्ने भन्ने निर्धारण गर्नुपर्ने छ ।


http://bit.ly/2tGuTOr
चर्चित तथा लोकप्रिय सर्जक शिव हमालको शव्द सिर्जना रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
करिव १५ सय भन्दा धेरै गीत सिर्जना गरी सकेका सर्जक हमालले यो सालको लागी अर्को गीत गीत पनि केहि दिन पहिले सार्वजनिक गरिसकेका छन भने अझ केहि गीत सार्वजनिक हुनेक्रममा रहेका छन ।
पुरानो तीजको लय लाई संकलन गरी उत्कृष्ठ शव्द सिर्जना गरी सार्वजनिक गरीएको लालुमै बोलको गीत सार्वजनिक भएको छोटो समयमै सबैको मन छुन सफल भएको छ ।
शिल भुट्टराई र शिव हमाललको आवाजमा रहेको सो गीत शिव हमालले लेखेका हुन भने गीतमा लय सिर्जना गरेकी छन भगवती न्यौपानेले ।
विन्ध्यवासीनी म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतको म्युजिक भिडियो निर्देशन गरेका छन क्रान्ती के.सीले ।
गीतको म्युजिक भिडियो हेर्नुहोस

Saturday, July 8, 2017

                         

करिश्मा र राजेशको पृथक तीज कोसेली बजारमा (भिडियो सहित)


२०७४ सालको हरितालिका तीज को अबशर मा मेशना डिजिटल प्रालि को बजार ब्यबस्थापन मा नयाँ गीत नाच मुइया सारी र चुरा लाएर सार्बजनिक भएको छ l सुमुधुर स्वर का धनी राजेश बर्देवा र रितु ब्रोकन को आबाज र राजेश बर्देवाको लय अनि बिबश शर्माको प्रस्तुती र शब्द मा तयार भएको यो गीत को एरेन्जर बिनोद बाजुराली हुनुहुन्छ भने स्टुडियाे मालाश्री मा यो गीत को अडियाे तयार भएकाे छl करिश्मा ढकाल राजेश बर्देवा हरि कौसल र रेनु पुन को अभिनय रहेको यश गीत को निर्देशक एक्व्न्द्र सारा शंकर र क्यामेरामेन हरुस महरा ले गरेका छन् l