Monday, July 24, 2017

प्रेम सापकोटा सोनु को लय समीर को शब्दमा “ भागेर जाम्ला ” बोलको तीज गीत बजारमा ( भिडियो सहित)  


केहि दिन अगाडि समाजिक संझालमा निकै नै चर्चा कमाएको “ भागेर जाम्ला ” शिर्षकमा समिर प्रकाश पाण्डेको निकै नै मिठो शब्द रचना अनि दमदार संगीत र स्वरले भरिएको  तीजको गीतको म्युजिक भिडियो सहित हालै मात्र सार्बजनिक भएको छ | उक्त सार्वजनिक गीतमा बिबश बस्नेत र सम्झना मगरको  समधुर आवाज रहेको छ भने संगीत प्रेम सापकोटाले भरेका छन् । यस्तै गीतको एरेन्ज बिश्वास नेपालको रहेको छ ।

 हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर युनिक मोभीले निर्माण गरेको सोहि गीतको भिडियोलाई लोकेन्द्र शाहले निर्देशन गरेका छन् भिडियोमा किशोर र मेनुकाको दमदार नित्य तथा अभिनय देख्न सकिन्छ,  माधव पौडेल छयांकन र सुमन थापा मगरको सम्पादनमा भिडियो तयार भएको छ । डानसिङ् नम्बरको गीतमा म्युजिक भिडियो पनि राम्रो बनेको कारण यस गीतले बजार तताउने  देखिन्छ |
गीत अर्घादरवार फिल्मस् प्रा.ली र हिमाल पोष्ट मिडियाको संयुक्त प्रस्तुतीमा बजारमा अाएको हो ।

No comments:

Post a Comment