Friday, July 21, 2017



बागलुङ नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ का लागि ६९ करोड २३ लाख १७ हजार रुपैयाँको आय–व्यय विवरण सार्वजनिक गरेको छ । 
शनिबार सम्पन्न पहिलो नगरसभामा नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले सो विवरण प्रस्तुत गर्नुभएको हो । सबैभन्दा बढी सडक निर्माणमा १५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । 
बाडस्तरीय पूर्वाधार योजनामा पाँच करोड रुपैयाँ, खानेपानीमा एक करोड ७५ लाख रुपैयाँ, सहरी सडक तथा नाली निर्माणमा तीन करोड रुपैयाँ छुट्टाइएको उपमेयर खड्काले जानकारी दिनुभयो । यस्तै, सामाजिक विकासतर्फ २० लाख रुपैयाँ, गरिबसँग बागलुङ नगरपालिकाको कार्यक्रमका लागि २५ लाख रुपैयाँ, गरिबी न्यूनीकरण कोषका लागि ४६ लाख रुपैयाँ र लक्षित वर्गका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 
धार्मिक सम्पदा निमार्णमा एक करोड रुपैयाँ, पर्यटन प्रवद्र्धनका लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ । नगरपालिकाको आम्दानी बढाउन ‘डोजर’ र ‘टि«पर’ खरिदका लागि समेत सभाले बजेट विनियोजन गरेको छ । सभाले सामाजिक सुरक्षा भत्तातर्फ १० करोड रुपैयाँ र विषयगत शाखा कार्यक्रम सञ्चालनका लागि २४ करोड ८९ लाख रुपैयाँ छुट्टाएको छ । 
आयतर्फ दस्तुर तथा सेवा शुल्कबाट दुई करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट एक करोड ६५ लाख रुपैयाँ, केन्द्रिय अनुदान २५ करोड २६ लाख रुपैयाँ, वित्तीय समानीकरणतर्फ २४ करोड ८९ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड ५६ लाख रुपैयाँ नगरपालिकालाई प्राप्त हुनेछ । 

No comments:

Post a Comment