Monday, July 31, 2017

बाग्लुङ्गको मुटु गल्कोट का प्रतिभावान युवा प्रदेशबाट नै "लाउली सिन्दुर चुरा मायाले" भन्दै  मौलिक लोकगीत संगीतमा अग्रसर 


लोक संगीतको उर्बर भूमि बागलुङको गलकोट क्षेत्रमा पछिल्लो समयमा लोकसंगीतप्रति आकर्षित हुनेको संख्या बढ्दो छ । लोकसंगीतमा युवा पुस्ताको अगमन हुनु प्रशंसनिय नै हो । भर्खरै गलकोट नगरपालिका–७ मल्ममा जन्मेका कुलबिर थापाले आफ्नो पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ बजारमा ल्याउने तयारी गरेका छन् ।


गीतमा शिव अखेलीको शब्द, लोक गायक ईश्वर सिंहको लय रहेको छ । स्वरमा कुलबिर थापालाई चर्चित लोकदोहोरी गायिका देवी घर्तीले साथ दिएकी छन् । भिडियोको समेत छायाँङ्कन सकिएको छ । भिडियोमा गाउँको परिवेशसँगै मौलिकता समावेस गर्न गलकोटमै छायाङ्कन भएको कलाकर थापाले बताए ।
गीतको भिडियोमा मोडलिङ समेत थापा आफैले गरेका छन । माया पिरती सँगै लगनको महिनामा विवाहका कुरा भएको कथावस्तुलाई गीतले समेटेको उनले बताए । यसअघि उनले ‘घुम्टेको लेकमा गुराँसै फूल्यो’ बोलको सालैजो गीतमा शब्द संकलन गरेका थिए । ‘करुवाको जल’ गीती एल्वम पनि तत्काल बजारमा ल्याउने उनको तयारी छ ।
थापाले रोजगरीको सिलसिलामा प्रवाशमा रहेर पनि आफ्नो लोक सांगीतिक यात्रालाई अघि बढाएका छन् । अहिले गलकोट समाज जापान क्षेत्रीय समिति ओसाकाको सहसचिब रहेका थापा सानैदेखि समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।  उनले जापानका सहरहरुमा हुने कार्यक्रममा समेत आफ्ना सांगितिक प्रस्तुति मार्फत प्रवासी नेपालीलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।


No comments:

Post a Comment