तीजका गीतहरुमा बिकृति ,विसंगति मौलाउदै गयको अबस्थामा गायक केपी कुमार जलन र नबोदित गायिका निसाना छेत्रीले तिजको गीतको वास्तविक मौलिकता झल्कने "नारीको बेदना "नामक एल्बम लियर आयका छन् .यस गीतमा जब नारी बिवाह गरेर कर्म घरमा पठाईन्छ तब भोग्नु पर्ने अन्याय ,अत्याचार र दुखका बेदनालाइ गीतको माद्यम बाट प्रस्तुत गरियको छ .बैनीले आफ्ना बेदना दाजुलाई सुनाउदै अब त्यो घर फर्केर जान सक्दिन भन्दै आफ्नो दाजुलाई बेदना पोखिरहेकी छन् भने दाजुले पनि अन्याय भोग्नु पर्ने घरमा नजान आग्रह गरदै अन्यायको बिरुद्दमा कानुनी बाटो रोज्नुपर्ने सुझाब दियका छन् .गीतको स्वरमा केपिकुमार लाइ देबी घर्ति मगर र निसाना छेत्रीले साथ दियका छन् .शब्द केपी कुमार र निसाना को रहेको छ भने लय पनि निसाना कै रहेको छ प्रेम थापाले निर्देशन गरेको उक्त गीतमा प्रकास सपुत र प्रतिमा थापाको रहेको छ यस गीतको बजार ब्यबस्थापन हमाल म्युजिक प्रालि ले गरेको छ .
कुशल संचारकर्मी राष्ट्र सेवक तथा गायक संगीतकार के.पि. सरलाई हार्दिक बधाई तथा मंगलमय सुभकामना ब्यक्त गर्दछौ
जय गीत जय संगीत। ....!!!!!
No comments:
Post a Comment